Logo

Student Corner

गजल

Written by: Aashrab Khanal - 22001, Grade XII

Posted on: 03 February, 2022

सहरमा कसैले कसैको ख्याल गर्ला ? मलाई थाहा छैन ।
कसैले गरिबकाे भाँडामा चामल भर्ला ? मलाई थाहा छैन ।

बर्साैँको अनुभव मूल्यवान् चिज हो तर जागिर दिँदा
यसले कसैलाई फरक पर्ला ? मलाई थाहा छैन ।

काेराेनाकाे डर देखाई लकडाउन गरिरहे मान्छे
राेगले मर्ला वा भाेकले मर्ला ? मलाई थाहा छैन ।