Logo

Student Corner

वसन्त

Written by: Smriti Lama - 25015, Grade IX

Posted on: 03 February, 2022

रमणीय छ वातावरण
खुल्ला छ आकाश,
न धेरै हावा न त चर्को घाम, 
न पानी पर्ने डर न त छाता बोक्ने कर

सुमधुर आवाज गुन्जीरहेका छन् कानमा,
चिरबिर चिरबिर आवाज ती चरीका बोलमा,
ती बगैँचामा फुलेका  फूलहरू देखेर मन रमाउँछ। 
यस्ताे सुन्दर दृश्यले प्रकृति नै सजाउँछ, 
मेरो मनलाई फुरुङ्ग बनाउँछ।

खुसीयाली छाएको छ, वन उपवनमा
कलिला पातहरू लहराएका छन् हवामा। 
चरीहरू उडिरहेका छन् आकाशमा
फिजाउँदै छन् पखेटा हरियाली माझमा।

कस्तो रमाइलो होला यो वसन्त ऋतु 
सबैतिर खुसीयाली छाउने,
त्यसैले भन्ने गर्छन् सबै,
ऋतुराज हाे याे, मन नै आनन्दित बनाउने।