Logo

Student Corner

मोबाइलको मोह

Written by: Aakanchhya Khadka - 27001, Grade VII

Posted on: 03 February, 2022

आरती  कक्षा ७ मा पढ्दै आएकी एक छात्रा थि ई ।ऊ मोबाइल भनेपछि हुरुक्कै हुन्थी । पहिले-पहिले भौतिक कक्षा हुँदाखेरि भने सधैँ राम्रो नतिजा ल्याएर पास हुन्थी । पढाइबाहेक  अरू क्रियाकलापहरूमा पनि राम्रो गर्थी ।

योपल्ट भने कोरोना महामारीका कारण अनलाइन कक्षा भइरहेको थियो। अनलाइन कक्षामा पनि ऊ राम्रो गर्दै थि ई  तर अनलाइन कक्षा हुँदै जाँदा उनको मोबाइलप्रति मोह  बढ्न  थाल्यो । ऊ धेरै समय मोबाइल ल्यापटप र कम्प्युटरमा बिताउन थाली । यो कुरा उसकी आमाले लेख्न थालिन् र आरतीले मोबाइल धेरै  चलाउन थालेको महसुस गर्न थालिन् । आमाले  आरतीलाई  मोबाइल थोरै चलाउन  र त्यसको सट्टा किताबहरू पढ्नु भनी सम्झाउनुभयो तर आरतीमा केही  परिवर्तन आएन। आमा मोबाइल धेरै  नचलाउनु भनिरहनुहुन्थ्यो । कहिलेकाही समय समयमा मोबाइलको पासवर्ड पनि परिवर्तन गरिदिनुहुन्थ्यो  तर पासवर्ड परिवर्तन गरेको १ देखि २  घण्टापछि  पनि आरतीले मोबाइल  चलाइरहेको पाइन्थ्यो । घरका कामहरू गर्ने बेला पनि आरती मोबाइल गीत सुन्दै काम गरिरहेकी हुन्थी । आमाले उसलाई  भन्नुभयो "काममा राम्रोसँग ध्यान हुँदैन ! एउटा काम एकचोटि मात्र गर तर पूरा ध्यान दियर गर  ।" आरतीले आमाले भनेको कुरा एक कानबाट सुनेर अर्को काण्डबाट उठाउने गर्थी ।

एकदिन सधैँ झैँ  आरती गीत सुन्दै  खाट मिलाउँदै थिई। खाटनजिकै एउटा हिटर थियो । जाडोको  मौसमको  चिसोले गर्दा उसले हिटर  बालेकी  थि ई। खाट मिलाउन भनेर उसले खाटमा भएका  सिरक र सिरानी खाटबाट झारी । आमाले सिरक एक  दुई दिन अगाडीमात्र बजारबाट ल्याउनुभएको थियो । हिटरले गर्दा सिरक नै डढेछ ।आरतीको ध्यान मोबाइलमा भएको कारण उसले केही  चाल पाइन  । केही समयपछि उसलाई केही डढेको  गन्ध  आयो ।  सिरक त  डढेको पो रहेछ । डढेको  गन्धका कारण आमा पनि कोठामा आउनुभयो । सिरकमा त कत्रो दुलो परेको रहेछ ।  आमाले आरतीलाई  धेरै गाली  गर्नुभयो ।उसले कुटाइ पनि खा ई । आमाले  मोबाइल लग्नुभयो । आरतीलाई आफ्नो मोबाइलको मोह महसुस भयो । त्यस दिनदेखि उसले मोबाइल थोरै चलाउन थाली ।