Written by: Rushina Tamang - 26008, Grade VIII
Posted on: 02 February, 2022
आसुको झर्ना
बगिने घरमा।
सुखको छाया
नपर्ने घरमा ।
बिरामी छोरो
दुखित आमा
बुबाको जिन्दगी
खेतमा जाला ।
छोराको हस्पिटल
बिल तिर्दै जाला
घर र खेत
जमिन सारा ।
रात झगडा र
आँशुमै जाला
बिहान कामले
कति पैसा पार्ला ?
दृश्य हो यो
एउटा गरिब घरको
द्रश्य हो यो
एउटा दुखित घरको ।