Logo

Student Corner

व्यथा यो मनको

Written by: Aswin Siwakoti - 23014, Grade XI

Posted on: 01 February, 2022

कसले बुझाेस् मेरो मनको व्यथा ?
भौतारिन्छ कहिले यता कहिले उता
न सीमा छ, न केही रोक
न त छ काेही गर्ने शोक ।

दुरी बढ्दै गयो र माया घट्दै गयो,
मेरो मनमा परेको चोट झन् गहिरो हुँदै गयो,
खोज्दै हिँड्छु त्यो कलम जसले समेट्ने छ मेरो व्यथा
खोज्दै हिँड्छु त्यो मलम जसले पारिदिने छ निको मेरो मन ।

अन्त्यमा आइपुग्छु त्यही ठाउँमा
र फेरि सुरु हुन्छ मेरो व्यथाकाे कहानी
तर अब अघि बढ्छु हार नमानी
देखाउँछु यो संसारलाई मेरो मूल्य 
र यसरी सुरु गर्छु मेरो सफलताकाे नयाँ काहानी  ।।