Logo

Student Corner

इन्टरनेट

Written by: Nishan Shrestha - 25008, Grade IX

Posted on: 01 February, 2022

इन्टरनेट कम्प्युटर विद्युतीय प्रविधिद्वारा विकास भएको एक विश्वव्यापी सञ्जाल हो । जुन संसारभरिका कम्प्युटरसँग सम्बन्धित उपकरणहरू एक-आपसमा  सम्पर्कमा रही विद्युतीय प्रविधिमा सूचनाहरू आदान प्रदान गर्न सक्छन । सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापीरूपमा आएको तीव्र परिवर्तनको पछाडि प्रमुख कारण इन्टरनेट नै हो । सुरुका दिनहरूमा इन्टरनेटको प्रयोग पुरानो टेलिफोन र भू-उपग्रह प्रविधि मार्फत् उपलब्ध थियो । इन्टरनेट सेवा एक विशेष तर सानो आकारबाट सुरु भएर हाल सञ्चार, मनोरञ्जन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा अभिन्न पक्षहको रूपमा प्रयोग हुँदै आएको छ । अहिले इन्टरनेटलाइ एक अपरिहार्य पूर्वाधारको रूप लिन सकिन्छ  । कतिपय देशमा इन्टनेट सेवालाइ मानव अधिकारकै रूपमा लिइन्छ ।
संसारभरि छरिएर रहेका करोडौँ कम्प्युटरहरूबिचको सञ्जाल नै  इन्टरनेट हो । कम्प्युटरहरू एक आपसमा विभिन्न माध्यम जस्तै धातुका तार, फाइबर अप्टिक तार, तारबिहीन प्रविधिबाट जोडिएका हुन्छन् ।  कम्प्युटरहरूबिच सूचना आदान प्रदान गर्न विभिन्न प्रोटोकलहरू प्रयोग गरिएका  हुन्छन् । प्रोटोकल  त्यो नियम हो जसले भिन्न प्रकारका हार्डवेयरलाई एकै प्रकारको सेवा सञ्चालन गर्न निर्देश गर्छ । नेटवर्क सञ्जालहरू विभिन्न प्रकारका हुन्छन् । जस्तै लोकल एरिया नेटवर्क (LAN), वाइड एरिया नेटवर्क (WAN), मेट्रोपोलिटन एरिया नेटवर्क (MAN), स्टोरेज एरिया नेटवर्क (SAN) इत्यादि । यस्ता लाखौँ सञ्जालहरूबिचको सञ्जाल इन्टरनेट नै संसारकै सबैभन्दा ठुलो सञ्जाल हो ।
वर्तमान युग इन्टरनेटको युग हाे । अहिले हामी इन्टरनेटको युगमा बाँचिरहेका छौँ । विकाश र विज्ञानकाे युगमा इन्टरनेट जीवनको एक महत्त्वपूर्ण भाग भएको कुरालाई हामी नकार्न सक्दैनाैँ । अझ भनाैँ कि इन्टरनेटविना मानिसकाे जीवन अन्धकारमय नै हुन्छ । इन्टरनेट उच्च विज्ञान र आधुनिक प्रविधिको आविष्कार हो । हाल विभिन्न कार्यालय, सङ्घसंस्था, बैङ्किङ क्षेत्र, विश्वविद्यालय, विद्यालयलगायत मन्त्रालय ,सरकारी ठाउँहरूमा इन्टरनेटकाे प्रयाेग हुँदै आएकाे छ । 
काेभिड १९ को महामारीमा धेरै मानिसले इन्टरनेटको प्रयोग गरी घरमै बसेर काम गरे। विद्यालय तथा विश्वविद्यालयको पठनपाठनको स्रोत पनि इन्टरनेट नै बन्यो । जुन ठाउँमा इन्टरनेटको पहुँच थिएन, ती ठाउँका बालबालिकाहरूले अनलाइन कक्षा लिन पाएनन् ।  अहिले कोभिडको तेस्रो महामारी चल्दा पनि हामी इन्टरनेटको सहायताले घरमै बसेर अनलाइन कक्षा लिइरहेका छौँ । यसैले इन्टरनेट मानव जीवनकै एक महत्त्वपूर्ण पाटो साबित हुँदै गइरहेको छ।