Logo

Student Corner

मेरो देश

Written by: Prastut Chandra Baral - 31018, Grade III

Posted on: 01 February, 2022

संसारको सबैभन्दा अग्लो हिमालमा
सगरमाथा नाम यसकाे छ है नेपालमा
हेर्दा अति सुन्दर छ हिउँले ढाकिएको
अङ्ग्रेजीमा माउन्ट एभरेस्ट नाम राखिएको

सबैभन्दा पहिला चढे तेन्जिङ नोर्गे शेर्पा
अमर हुन सफल भए सगरमाथा चढ्दा
प्रकृतिको सुन्दर बरदान हेर्दा स्वर्ग लाग्ने
हरेक वर्ष सयौँ मान्छे हिमाल चढ्न आउने

सयौँ थरी जडिबुटी सयौँ खोला नाला
नेपाल जस्तो सुन्दर देश अन्त कहाँ होला ?
जलस्रोतमा दोस्रो ठुलो धनी देश हाम्रो
सबै मिली बनाउनु छ नेपाललाई राम्रो