Logo

Student Corner

ए बस ! तिमी कुरीराख है

Written by: अनुक्रमा पौडेल - २०२२०३१, Grade XII

Posted on: 31 January, 2022

ए बस, तिमी यहीँ कुरीराख है

मलाई फर्किनु नि छ,

एउटी आमालाई छोडेर 

अर्की आमालाई भेट्न आएको छु


 

कहिले फर्किन पाइने होला खै,

ए बस तिमी एकछिन कुरी राख है ।

मलाई फर्किनु नि छ,

आमाले आज ठुलो झट्का 

खानु भएको छ,

अनि आफ्ना भाइ बहिनीहरूलाई 

बचाउनु नि छ,

धरहरा पनि भत्केकाे छ रे !



 

ए बस ! तिमी यहीँ कुरी राख है,

मलाई फर्किनु नि  छ,

हिजो आमाले रुँदै भनिन्,

"माफ गर है मलाई, यस्तो ठुलो काम दिएकी छु तँलाई" 

आमालाई के थाहा 

सास फेर्दा एक्लैले होइन,

पुरै राष्ट्रले माला चढाउने बनाएकी छन् मलाई।



 

ए बस! तिमी एकछिन अझै कुरी राख है,

मलाई फर्किनु नि छ,

अनि बल्ल पो आमा सुत्छिन् त। 

पिढीँमा बसेर मेरै बाटो कुरेकी छिन् होला अहिले,

म आफ्नी आमालाई भेटेर फर्किहाल्छु ।


 

ए बस ! तिमी यहीँ कुरी राख है,

मलाई फर्किनु पनि छ। 

अर्की आमालाई बचाउँन,

ए बस! तिमी यहीँ कुरी राख है,

मलाई फर्किनु नि  छ,

अर्की आमालाई बचाउँन।