Logo

Student Corner

लड्दा लड्दै मरेँ भने

Written by: Umanga Khatiwada - 23047, Grade XI

Posted on: 31 January, 2022

लड्दा लड्दै मरेँ भने त्यही मलाई जलाउनु ल !
देशले रगत मागे पनि मेरै बलि चढाउनु ल ,
रुनेछैनन् मेरी आमा  नेपालकी छोरी उनी,
असल पुत्र जन्म दिइन्  देशकै लागि बहुलाउनु ल !

यो देश लुट्न कोही आए सबै मिली जोगाउनु है !
सिमानामा किला ठोकी लाली गुराँस फुलाउनु है !!
लड्दा लड्दै मरेँ भने त्यहीँ मलाई जलाउनु है !
देशको निम्ति एक सच्चा सपुत बनी मर्छु नरुनु है !

म मरेर गए पनि देशको विकास गर्नु है !
म मरेर गए पनि पाइला अघि बढाउनु है !!
लड्दा लड्दै मरेँ भने त्यही मलाई जलाउनु है ! 
देशले रगत मागे पनि मेरै बलि चढाउनु है !!