Written by: Rushina Tamang - 26008, Grade VIII
Posted on: 31 January, 2022
चाैध वर्षकी किशोरी
पत्नीको कार्य गरी
घरकाे बुहार्तन सही
सासुको अत्याचार सही
पतिको माया त पाई
तर कोख रित्ताे भई
लोग्नेको दोस्रो बिहेकाे डरले
निकै दुख गरेकी ।
तर
लोग्नेलाई त मायाले जिती
धरै चाेट सहेकी
सासुले दमकाे कारणले
प्राणत्याग गरिन्
खाटमै लडिन् ।
लोग्ने थियो ज्यामी
बित्यो ऊ पनि हाम फ़ाली।
किशोरीलाई एक्लै छाेडी
जेठाजु नि भागे सबै कुरा बेची।
किशोरी झोपडीमा बसी
ईटा बाेकी बाेकी
जीविका चलाएकी
एक्ली विधवा देखी
सबैले भने बोक्सी
“सासु र लोग्ने लाई मारी,
र आफ्नो नानीलाई नि खाई।”
त्यसैले नजाऊ उसकाे नजिक
भन्छन् सबै गाउँले
श्रापित छ त्यो झोपडी
सीधा हिँड त्यता नहेरी
नत्र सपनामा आउली त्यो बोक्सी।