Logo

Student Corner

मिथिला कला

Written by: Dhiru Kumar Shah - 23049, Grade XI

Posted on: 28 January, 2022

यो कला मिथिलाका नारीहरूको कडा एकाधिकारकाे क्षेत्र हो । तिनीहरूले आफ्नो आँगन वरिपरिका पर्खालहरूलाई अमूर्त चित्रहरूकाे चम्किलो रङ्गले ढाक्छन् । याे कला एक प्रकारको परम्परागत चित्रकला हो, जसले जनावर, मानिस, जीवन शैली, स्थानीय मानिसहरूको परम्परा र संस्कृतिलगायत प्राकृतिक वातावरणलाई झल्काउँछ ।
मिथिलाको कला धार्मिक अनुष्ठानहरू, विशेष गरी विवाह र यसको परिणाम, सन्तानसँग जोडिएको छ । याे वैदिक वैवाहिक संस्कारसँग अन्तर्क्रिया गरिएको, ब्राह्मणहरूद्वारा संस्कृत जपको साथ, महिलाहरूद्वारा नियन्त्रित र दुर्गा, काली र गौरी आदि देवीहरूप्रति समर्पित परम्परा हो । विवाह समारोहमा दुलहा र दुलहीलाई महिलाहरूले गौरीमा समर्पित आफ्नै समारोहका लागि तान्छन्, जसमा दुलहाबाहेक अन्य पुरुषहरूलाई निषेध गरिएको छ । गौरी ती देवी हुन्, जससँग बेहुलीले बाल्यकालदेखि नै असल पतिको लागि प्रार्थना गरिरहेकी हुन्छिन् । यी समारोहहरूमा देवीहरूका चित्रित चित्रहरू अघि चोकहरूमा प्रदर्शन गरिन्छन् । चित्रकलाका कार्य, कर्मकाण्डात्मक कला धेरै प्रतीकात्मक छन् । याे कलामा ब्रह्माण्डको आदिम ऊर्जा विभिन्न नारी रूपहरू, जीवित महिला र देवीहरू दुवैमा अवतारित हुन्छ ।
यी चित्रहरू मिथिलाका अशिक्षित महिलाहरूले अद्भूत रूपमा चित्रण गरेका छन् र हेर्दा धेरै नै आकर्षक छन् । तिनीहरूले विभिन्न अवसरहरूमा आफ्ना कलात्मक भावना र सिप व्यक्त गर्छन् । कोहबारका बाहिरी पर्खालहरू ग्रामीण जीवनका चित्रहरू, जस्तैः वाहकहरू सहितको पालकी, आँप, केरा, कदम्ब र अशोकजस्ता फलफूलका रुखहरूले सजिएका हुन्छन् । मैथिल नारीहरूले गोपिनीहरू र उनीहरूका निरन्तर साथी, राधासँग भगवान् कृष्णका प्रेमपूर्ण दृश्यहरू पनि चित्रित गर्छन् ।