Logo

Student Corner

धूमपान छोड्दाका फाइदाहरू

Written by: Jubin Maharjan - 22026, Grade XII

Posted on: 28 January, 2022

धूमपान सुरु गर्ने धेरै मानिसहरू जिज्ञासा, डिप्रेसन वा अरूको प्रभावका कारणले गर्छन् तर आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा यसको नकारात्मक असर देखेपछि उनीहरू याे लत छाडेर बस्न चाहन्छन् । धूमपान छोड्नु धूमपान गर्नेहरूका लागि सबैभन्दा गाह्रा चिजहरूमध्ये एक हुन सक्छ तर एक पटक उनीहरूले धूमपान छोडेपछि उनीहरूले धूमपान छाेड्नुका धेरै फाइदाहरू देख्न सक्छन् ।

एक व्यक्तिले धूमपान छोडेपछि हामी त्यसले व्यक्तिमा ल्याएका सकारात्मक प्रभावहरू देख्न सक्छौँ । धूमपान छाडेको एक घण्टाभित्रै मानिसको मुटुको धड्कन सामान्य अवस्थामा फर्किन्छ र उसको रक्तचाप पनि घट्छ । धूमपानले तपाईंको शरीरमा कार्बन मोनोअक्साइडको मात्रा बढाउँछ तर धूमपान छोडेको १२ घण्टाभित्रमा तपाईंको शरीरमा मोनोअक्साइडको स्तर घट्छ र तपाईंको शरीरमा अक्सिजनको मात्रा बढ्छ । धूमपानले तपाईंको रक्तनलीमा रगत जम्ने र हृदयाघातको सम्भावना पनि बढाउँछ तर धूमपान छोडेको एक दिनभित्र हृदयाघातको जोखिम पनि कम हुन्छ । धूमपानले गन्ध र स्वादको लागि जिम्मेवार इन्द्रियहरूलाई क्षति पुर्‍याउँछ तर धुवाँ छोडेको २ दिनभित्रै गन्ध र स्वादका लागि जिम्मेवार स्नायुहरू निको हुन थाल्छन् । धूमपानले मुख्यतया फोक्सोलाई असर गर्छ र यसलाई नोक्सान पुर्‍याउँछ । यसले व्यक्तिमा सास फेर्न गाह्रो हुने र व्यक्तिमा बढी खोकी लाग्ने गर्छ तर धूमपान छाडेको १ महिनाभित्रै मानिसको फोक्सो निको हुन थाल्छ र खोकी कम हुन्छ ।

धूमपान छाड्दा मानिसलाई दीर्घकालीन फाइदा हुन्छ र हामीले धूमपान गर्ने व्यक्तिलाई धूमपान छोड्न प्रोत्साहन र उत्प्रेरित गर्नुपर्छ ।