Logo

Student Corner

मानसिक स्वास्थ्य

Written by: Krituka Sapkota - 25005, Grade IX

Posted on: 28 January, 2022

स्वास्थ्य मानिसकाे जीवनकाे अमूल्य पाटाे हाे । स्वस्थ्य जीवनशैली नै मानिसकाे जीवन जिउने आधार हाे। मानिस स्वस्थ हुनका लागि शारीरिक र  मानसिक स्वास्थ्य पनि स्वस्थ हुनु उत्तिकै आवश्यक हुन्छ । मानसिक स्वास्थ्य भनेको हाम्रो दिमागलाई स्वस्थ राख्नु हो। राम्रो जीवनका लागि शारीरिक र मानसिक स्वास्थ्य दुवै उत्तिकै महत्त्वपूर्ण छन् । 
मानसिक स्वास्थ्य राम्रो भएका मानिसहरू कठिन परिस्थितिहरूलाई सजिलै व्यवस्थापन गर्न सक्छन्।  मानसिक स्वास्थ्यलाई नराम्रो प्रभाव पर्ने धेरै कुराहरू हुन्छन् । हरेक मानिसको जीवनका आफ्नै समस्याहरू हुन्छन र ती समस्याहरूले मानिसको दिमागमा तनाव उत्पन्न गर्छन् । जसरी हामी शारीरिक रूपमा बिरामी हुन्छौँ, त्यसरी नै हामी मानसिक रूपमा पनि बिरामी हुन सक्छौँ ।  मानसिक रोग विभिन्न कुराहरूले हुन सक्छ।  कसैको जीवनमा केही नराम्राे घटनाले पनि मानिस मानसिक तनावमा हुन सक्छ । उदाहरणको लागि कोही  मानिस आफ्नो बाल्यकालमा हुदा उसँग कुनै दुर्व्यवहार भएको छ भने उसको मानसिक स्वास्थ्य कलिलो उमेरदेखि नै बिग्रिँदै जान सक्छ । सानो उमेरमा बसेको डर निकाल्न निकै गारो हुन्छ । शारीरिक रोग निकाे भए झैँ मानसिक रोग पनि निकाे हुन सक्छ । मानसिक तनाव छ भने मनोचिकित्सकसँग परामर्श गर्नुपर्छ । यस्तै मानसिक स्वास्थ्य राम्रो बनाउन योग, ध्यान गर्नु आवश्यक हुन्छ। याेग ध्यानले मनलाई शान्त र शरीरलाइ फुर्तिलो बनाउँछ। यसले गर्दा हामीमा सकारात्मक ऊर्जा पैदा हुन्छ । मानसिक स्वास्थ्य राम्रो हुनका लागि आहार र  निद्रा पनि आवश्यक हुन्छ । 
मानसिक स्वास्थ्य समस्याहरूका धेरै लक्षणहरू छन् । कुनै काममा मन लगाएर ध्यान दिन नसक्नु पनि मानसिक रोगको एक लक्षण हाे । सानातिना घटनाहरूमा  तुरुन्तै रिस उठ्ने र आत्तिने पनि मानसिक स्वास्थ्यमा प्रभाव पार्ने लक्षण हो । यस्ता समस्याबाट टाढा रहन हामीले आफूलाई मन पर्ने काम पनि गर्न सक्छाैँ । यसाे गर्दा पनि मानसिक रोग ठिक हुन सक्छ ।  मानसिक स्वास्थ्य समस्याका कारण कतिपय मानिसहरू आत्महत्या गरेकाे कुरा हामीले सुनेकै छाैँ । विश्वका विभिन्न अनुसन्धानहरूले देखाएअनुसार १८ देखि २५ वर्ष उमेर समूहका मानिसहरूलाई मानसिक रोगले सबैभन्दा धेरै सताएको देखिन्छ । वर्तमानमा याे समस्या दिनानुदिन बढ्दै गएको छ । 
मानसिक रोगीहरूलाई चाडोभन्दा चाडो उपचार भएन भने यसले विकराल समस्या निम्तिन सक्छ ।  बालबालिकाहरूलाई विद्यालयमा पनि मानसिक स्वास्थ्यको बारेमा जानकारी दिनु पनि आवश्यक हुन्छ । सानै उमेरदेखि यसको बारेमा थाहा भयो भने उनीहरूले आफूलाई र अरूलाई पनि मद्दत गर्न सक्छन् । मानसिक  स्वास्थ्य स्वस्थ भए जुनसुकै काममा पनि ध्यान केन्द्रित हुन्छ।  त्यसैले शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य  पनि महत्त्वपूर्ण छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।