Logo

Student Corner

विज्ञानको चमत्कार

Written by: Muskan Singh - 24003, Grade X

Posted on: 27 January, 2022

मानिसले जङ्गली जनावरले जस्तै जीवन बिताएको इतिहासलाई हेर्दा हामी अहिले कति टाढा पुगिसकेका छौँ भन्ने थाहा हुन्छ । मानवजातिको विकासको प्रमुख शक्ति भनेको विज्ञान हो। यसले हामीलाई विज्ञानको आश्चर्यबारे सोच्न बाध्य बनाउँछ । विज्ञान कसरी हाम्रो जीवनमा वरदान  सिद्ध भएको छ ? सबैभन्दा महत्त्वपूर्ण कुरा विज्ञानले ठुलो मानव सभ्यताको विकास गर्न मद्दत गरेको छ । आज मानिसले जति प्रगति गरेको छ त्यो सबै विज्ञानको मद्दतले मात्रै सम्भव भएको हो। 
विज्ञानका फाइदाहरू एउटै क्षेत्रमा मात्र सीमित छैनन्, यो विश्वका विभिन्न क्षेत्रमा उपयोगी सिद्ध भएको कुरा हामीले देखेकै छाैँ। जब हामी विज्ञान र इन्जिनियरिङ आविष्कारको बारेमा कुरा गर्छौं, बिजुलीले संसार उज्यालाे बनाएकाे कुरा हाम्राे दिमागमा आउँछ, कम्प्युटर, इन्टरनेट, टेलिभिजन, एसी, अटोमोबाइल जस्ता उपकरणका साथै चिकित्सा क्षेत्रमा पुर्याएकाे योगदानकाे प्रशंसा जति  गरे पनि कम  हुन्छ । त्यसैले, विज्ञानले संसारलाई अकल्पनीय तरिकाले परिवर्तन गरेको छ।
मानिसलाई हरेक काममा सहयाेग गर्ने विज्ञानका केही बेफाइदा पनि छन्। हामीले यो कुरापनि  पनि बुझ्नुपर्छ कि कुनै पनि कुराको अधिक उपयोग गर्यौं  भने त्यो विषसमान हुन्छ । यदि विज्ञानको पनि दुरुपयोग गर्याैँ त्यसको परिणाम भयानक हुन्छ । विज्ञानले नै आविष्कार गरेका एटम बम परमाणु बम जस्ता बिस्फाेटक पदार्थका कारण विश्व नै भयभीत छ । यस्ता क्षेप्यास्त्रहरू आज मानव र विश्वसमुदायका लागि निकै घातक साबित भएका छन् । त्यस्तै विज्ञानका विकाशका नाममा प्रदूषण धेरै बढ्दै गइरहेको छ । विज्ञानकै कारण विश्वमा औद्योगिकीकरण हुँदै गएपछि प्रदूषणको मात्रा बढ्दै गएकाे कुरा वैज्ञानिकहरूलेसमेत स्विकारेका छन् । त्यस्तै बेरोजगारी समस्या पनि बढ्दै गएकाे छ ।  

निष्कर्षमा, हामी भन्न सक्छौँ कि पक्कै पनि विज्ञान आधुनिक युगमा मानिसका लागि धेरै उपयाेगी छ। तसर्थ, यसलाई मानव जातिको फाइदाका लागि सही रूपमा उपाेग गर्नुपर्छ। हामीले विश्वलाई विज्ञानको खराब पक्षबाट बचाउन यी वैज्ञानिक आविष्कार र उपकरणहरूलाई सदुपयाेग गर्नुपर्छ ।