Logo

Student Corner

स्थापित गर्नुछ समानता

Written by: Anushree Acharya - 28002, Grade VI

Posted on: 27 January, 2022

हेर्दैछु मानिसको भाग्य कस्तो हुन्छ 
पढ्न पाउनेहरू पढ्दिन भन्छन्
मात्तिएर हिँड्छन् 
फजुल खर्च पिटाएर 
बा आमाको आँसुलाई 
कुनै परवाह नगरी
लर्खराउँछ्न् केही मान्छेहरू
गन्तव्यहीन बाटोमा
पढ्न नपाउनेहरू
तड्पिएर पढ्न खोज्छन् 
लुकी लुकी अक्षरमा
आफ्ना औंलाहरू डुलाउँदै
धिप्धिपे बत्तीको सहारामा 
हातमा भाग्यका रेखाहरू 
कोर्न खोज्छन् 
आफैँ एउटा चित्रकार बनेर
हुँदा खाने 
र हुने खानेको खाडल
समाजका अन्धविश्वासले
कक्रिएका मनहरू
नारी र पुरुष बीचका असमानताहरूले
कठाङ्ग्रिएका वस्तीहरूमा 
चेतनाको उज्यालो
बिऊ छर्नु छ 
तोड्नु छ 
कुरीति र अन्धविश्वासलाई
फाल्नु छ 
अँध्यारा रातहरू 
र ल्याउनुछ सुनौलो बिहानी 
हरेक मनहरूमा
घन्काउनुछ समानताका नाराहरू
भत्काउनुछ छोरा र छोरी बिचका विभेदका पर्खालहरू
र स्थापित गर्नुछ समानता
बनाउनुछ 
"अहा मेरो देश"