Logo

Student Corner

नदी

Written by: Shuvee Lamichhane - 29033, Grade V

Posted on: 27 January, 2022

नेपालमा धेरै नदीनालाहरू छन् । कुनै नदीहरू हिमालबाट उत्पति हुन्छन् भने कुनै पहाडबाट उत्पत्ति हुन्छन् । नदीले विभिन्न ठाउँअनुसार आफ्नाे रूप बदल्छ । जस्तैः पहाडैपहाड बग्दा गड्गडाएर , खहरे बनेर बग्छ भने त्यही नदी अग्लाे छाँगाबाट खस्दा झरना बनेर बग्छ । त्यस्तै समतल ठाउँमा पुगेपछि शान्त रूपमा आवाज ननिकालिकन बग्छ । नदीहरू हिमाल,पहाड, तराइ हुँदै समुद्रलाई भेट्न बगेकाे हुन्छ । नदी अबिरल रूपमा बग्छ । त्यसकाे समुद्र भेट्ने लक्ष्य हुन्छ । बाटामा आएका बाधालाई वास्ता नगरी समुद्र बगिरहेकाे हुन्छ । फरकफरक पहाड र हिमालमा उत्पति भएर बगेका नदीहरू बेँसीमा आएर छुट्टिएका दिदीबहिनी वा सँगिनी भेट भएसरी भेट हुन्छन् । 
मानिसहरूकाे खराब आचरणले गर्दा नदीनालाहरू दिनदिनै फाेहर हुँदै छन् । जसले प्रकृतिलाई त नराम्राे असर परेकाे छ नै यसले मानिस आफैँलाई नराम्राे असर पारिरहेकाे छ । सबै नदीहरू नै फाेहर भएका त छैनन् ,फाेहर भएका नदीहरूलाई सफा गरियाे भने प्रकृति र मानव जीवनमा नदीले धेरै सहयाेग गर्छ ।