Logo

Student Corner

गजल

Written by: Adhit Upadhaya - 22003, Grade XII

Posted on: 26 January, 2022

माया नभए जालमा फसायाै किन ?
याे स्थिर मनमा हलचल गरायाै किन ?

मन नपरेको याे मनुवाका लागि 
आफ्ना अमूल्य आँसु खसायौ किन ?

तयार थिएँ मुटु तिमीलाई दिन 
त्यही मुटुमा छुरा धसायाै किन ?

निकाल्नु नै थियाे मन्दिरबाट भने
देउता मानी केही क्षण बसायाै किन ?