Logo

Student Corner

आफ्ना

Written by: Kabin Rijal - 22010, Grade XII

Posted on: 25 January, 2022

सबै कुराको अर्थ फेरिन्छ,
जब पक्षपाती आफ्ना हुन्छन्,
हामी सफलताको खुसीमा रमाउँदा
रिस र डाहाको बाढी खस्छ आफ्नैका घरमा ।

मलाई त्यो कालो रातको अँध्यारोदेखि डर लाग्दैन,
मलाई डर लाग्छ त्यो उज्यालोमै अन्धो बनाउनेदेखि
३२ ओटा दाँत देखाएर खुसीमा संलग्न हुनेहरू
३२ डाँडापारि हुन्छन्, दुःखमा साथ चाहिँदाखेरि

मान्छे नचिनेको हैन मैले
लहरा चुँडाउन नखोजेको मात्र हुँ,
साथ छोडेको हैन मैले
सत्यताको पहिचान गरेको मात्र हुँ ।

म एक्लो छु त्यसैले त खुसी छु,
हो, कहिलेकाहीँ टोलाउँछु अनि आफैँमा रमाउँछु,
तिमी साथमा हुँदा मेरा आँखा कमजोर हुन्थे,
खै, त्यो तिखारेर राखेको छुरालाई पनि फूल देख्थे ।