Logo

Student Corner

जाडामा गरिबको व्यथा

Written by: Tatsam Gautam - 23045, Grade XI

Posted on: 25 January, 2022

आछुछुछु भन्छु,
जाडामा धेरैजसाे कामेर बस्छु,
बिहानै काममा हिँड्छु,
विकल्प नभएर बिहान चिसो पानीले नुहाउँछु ।

पैसाले पेट भर्ने कि लुगा किन्ने ? त्यही कुरामा अल्झिरहन्छु,
आफ्नाे जीवन यस्तै नै रहेछ भनेर चित्त भुझाउँछु,
आफू नखाई नखाई बच्चाहरूलाई लुगा किन्न पैसा सक्छु,
आफू पनि किन भोकै बस्नु भनेर तातो पानीसँग चिउरा खाइहाल्छु ।

हरेक वर्ष एउटै फाटेकाे लुगा टालेर लगाउँछु,
बच्चा बिरामी नहाेउन् भनेर नुनपानीकाे काढा बनाएर खुवाउँछु,
गरिबको घरमा कहिले सुख ल्याउँछौ भनेर भगवान्‌लाई पुकार्छु,
र जीवनको गति हरेक वर्ष यसरी नै बिताउँछु ।