Logo

Student Corner

दसैँ र तिहार

Written by: Prakarsha Tabdar - 25010, Grade IX

Posted on: 25 January, 2022

दसैँ पर्व नेपालको सबैभन्दा ठुलो चाड हो । नेपालभर हिन्दु धर्मावलम्बीहरूले दसैँ मनाउने गर्दछन् । यो पर्व मानिसमा खुसी ल्याउने र पर्व हो । दसैँ सामान्यतया नेपाली महिना आश्विनमा पर्दछ। दसैँमा घटस्थापनाका दिनदेखि नै विशेष अनुष्ठान र गतिविधिहरू देखिन्छ । घटस्थापनाका दिन मानिसहरूले आफ्नो घरको पवित्र कुनामा धान मकै र जौको बीउ रोपेर जमरा उमार्छन् । 
दसैँ पर्वको पहिलो नौ दिनलाई नवरात्री भनिन्छ। यस अवधिमा देवी दुर्गाको पूजा गरिन्छ। सातौँ दिनलाई फुलपाती भनिन्छ । फुलपाती देखि ९औँ दिनसम्म मानिसहरूले बोका, हाँस, भैँसी र अन्य चराचुरुङ्गीहरूको बलि चढाउँछन्। तिनीहरू देवी दुर्गाको प्रतिमाको पूजा गर्छन्। उनीहरूले शक्ति र समृद्धिको लागि उनको आशीर्वादको कामना गर्छन् । टीकाको मुख्य दिन अर्थात् । दशौँ  दिनलाई विजया दशमी भनिन्छ। 
दशमीका दिन मानिसहरूले निधारमा टीका शिरमा जमरा लगाई आफूभन्दा ठुलाकाे हातबाट सुस्वास्थ्य, सुख र ,उन्नतिकाे आशीर्वाद लिने गर्दछन् । उल्लासमय वातावरणमा मानिसहरू नयाँ लुगा लगाउँदै रमाउँछन् । आफन्तहरूलाई भेट्न र स्वादिष्ट खानाको आनन्द लिन्छन्। परिवारका सदस्यहरू भेला भएर रमाइलो गर्छन् । मानिसहरू आफ्ना चिन्ताहरू बिर्सन्छन् र भोज र आनन्दमा व्यस्त हुन्छन् । यस समयमा विद्यालय, कार्यालय, सङ्घसंस्था आदि बन्द रहन्छन् र टाढा टाढाका मानिसहरू चाडपर्व मनाउनका लागि आफन्तजनसँग घर फर्किन्छन्।
तिहार हिन्दुधर्मावलम्वी नेपालीहरूकाे दोस्रो ठुलो चाड हो । यो पाँच दिनसम्म मनाइन्छ र नेपालको परम्परागत सांस्कृतिक विशेषताहरू प्रदान गरिन्छ। तिहारलाई यमपञ्चक पनि भनिन्छ । पाँच दिनसम्म मनाइने हुनाले यसलाई यमपञ्चक पनि भनिएकाे हाे । तिहारको पहिलो दिन कागको पूजा गर्ने गरिन्छ । मानिसहरू प्रायः कागको लागि मिठा खानेकुरा दिन्छन् । तिहारको दोस्रो दिन  कुकुरलाई पूजा गरी माला लगाएर मिठा खानेकुरा दिइन्छ । तेस्रो दिन माता लक्ष्मीको स्वागत गर्ने गरिन्छ । घर घरमा लक्ष्मी माताकाे भव्य पूजा गरिन्छ र सुख र वैभवकी देवी लक्ष्मीलाई भित्र्याइन्छ । चौथो दिन गाईलाई पूजाआजा गरी माला लगाएर मिठामिठा खानेकुरा खान दिइन्छ । पाँचौंँ दिन दाजुभाइलाई दिदीबहिनीहरूले र दिदीबहिनीहरूलाई दाजुभाइले सप्तरङ्गी टीका लगाइदिने र उपहार दिने गरिन्छ। यसरी नेपालमा दसैँ र तिहार मनाउने गरिन्छ ।