Logo

Student Corner

याद

Written by: Simon Sangat - 2022019, Grade XII

Posted on: 24 January, 2022

मौन छौ तिमी आजकल
मौनताको अर्थ त बुझाइदेऊ, 
कति बसूँ कुरी यहाँ ? 
कि मलाई जिउँदै जलाइदेऊ ।

यादमा तिम्रो जिउँदै छु, 
रुँदा रुँदै हाँस्दै छु,
सायद पागलै पो भएछु, 
तिमीलाई छोडी अर्कैलाई रोज्दै छु ।

मन त थिएन रोज्न अर्कोलाई
तिम्रै आनीबानीले झर्को लगाई
रहरले होइन, विवश बनाई
किन गयौ मेरो मुटु जलाई ।