Logo

Student Corner

सुँगुरको मुटु मानिसमा प्रत्यारोपण

Written by: Yunil Ghimire - 24008, Grade X

Posted on: 24 January, 2022

डेबिड बेनेट विश्वका पहिला त्यस्ता व्यक्ति हुन् जसको शरीरमा अहिले सुँगुरको मुटुले काम गरेको छ । मुटुका रोगका गम्भीर बिरामी ५७ वर्षीय पुरुषमा आनुवंशिक रूपमा सुँगुरको मटु प्रत्यारोपण गरिएको छ । मानिसमा सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएको यो पहिलोपटक  घटना हो । यो शल्यक्रिया गर्न चिकित्सकलाई ८ घण्टा लागेको थियो । युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकले अमेरिकाको बाल्टिमोरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेबिड बेनेटको स्वास्थ्य  अहिले सामान्य रहेको छ । 
प्रत्यारोपण गरिएको मुटुले धड्कन र रक्तचाप सिर्जना गरेको छ।  शल्यक्रियामा संलग्न चिकित्सक डा. वार्टले ग्रिफिथका अनुसार प्रत्यारोपण गरिएको मुटुले काम गरेको छ। यो सामान्य देखिएको छ। “हामी अत्यन्त खुसी छौँ तर भोलि के हुन्छ भन्ने हामीलाई थाहा छैन।” भन्ने कुरा चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार   यस्तो प्रत्यारोपण यसअघि कहिल्यै भएको थिएन ।
मानिसको शरीरले स्वीकार नगर्ने सुँगुरको मुटु बनाउन वैज्ञानिकले पछिल्ला केही वर्षदेखि अथक प्रयास गर्दै आएका थिए । यसका लागि सुँगुरमा आनुवंशिक सम्पादन र क्लोनिङ प्रविधिको मद्दत लिइएको थियो। केही महिनाअघि न्युयोर्कमा चिकित्सकले आनुवंशिक रूपमा परिवर्तन गरिएको सुुगुरको मिर्गौला एक ‘व्रेन डेथ’ भएका बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरेका थिए।
मृत्यको संघारमा पुगेका बेनेट प्रयोगात्मक उपचार (सुँगुरको मुटु प्रत्यारोपण) का लागि तयार भएका थिए। बेनेट मानव मुटु प्रत्यारोपण थेग्न नसक्ने अवस्थामा थिए । अन्य उपचारले पनि केही काम नगर्ने स्थितिमा उनी पुगेका थिए। बेनेटको अवस्था आगामी दिनमा कस्तो होला भन्ने कुरा कसैलाई पनि थाह छैन। किनभने यो पहिलो र नौलो प्रयोग पनि हो । उनी अहिले पनि मुटु र फोक्सो जोड्ने बाइपास मेसिनको सहारामा छन् । तर प्रत्यारोपण गरिएको नयाँ मुटुले काम गरेका कारण एकदुई दिनभित्रै बेनेटलाई यो मेसिनबाट बाहिर निकाल्ने तयारी भइरहेको कुरा चिकित्सकहरूले बताएका छन् । 
विश्वमा एकपछि अर्को गर्दै दिनानुदिन स्वास्थ्य क्षेत्रमा पनि निकै नौला नौला प्रयोग र परीक्षण भइरहेका छन् । विकसित देशमा यस्ता अनुसन्धान परीक्षण हुँदै जाँदा नेपालमा भने कोरोना महामारी बढ्दै जाँदा सर्वसाधारण जनताले सिटामोल पाउन पनि गाह्रो छ।