Logo

Student Corner

मेराे घर

Written by: Nitika Kapali - 30016, Grade IV

Posted on: 24 January, 2022

घर मानिसका लागि अति आवश्यक हुन्छ । हाम्रा पुर्खाहरूले घरका रूपमा जङ्गलमा ओडार, ठुलाठुला रूखका फेदलाई प्रयाेग गरे । अहिलेकाे युगसम्म आइपुग्दा विभिन्न प्रकारका घरहरू बनाएर बसिन्छ । जसमा माटाे र ढुङ्गाका,माटाे र इटाका, वा सिमेन्ट,छट र इटाका आदि हुन्छन् । गाउँघरतिर माटाे ढुङ्गाका पाइए पनि सहरका प्रायः घर सिमेन्ट,छट र इटाकाे प्रयाेगबाट बनाइन्छन् ।  
मेराे घर पनि सहरमा छ । याे काठमाडाैँकाे जयबागेश्वरीमा  छ । मेराे घर चार तले छ । यसमा ११ वटा काेठाहरू छन् । यसमा पहेँलाे रङ लगाइएकाे छ तर काेठाभित्र चाहिँ नीलाे रङ छ। तलका फ्ल्याट भाडामा बस्ने हुनुहुन्छ । उहाँहरूले पसल गरेर बस्नुभएकाे छ । माथिल्ला तलामा हामीले नै प्रयाेग गरेका छाैँ । मलाई मेराे घर र यस वरिपरिकाे वातावरण निकै मन पर्छ ।