Logo

Student Corner

सपना

Written by: असीम पौडेल - २३०१३, Grade XI

Posted on: 21 January, 2022

अतिथिका रूपमा नयाँ संसारमा पाइला राखेँ, 
तर यहाँ मेराे केही अस्तित्व छैन, 
मेरो अस्तित्व नै मेरो कल्पनामा छ, 
किनकि म अहिले वास्तविकतामा छैन ।

 

याे संसारमा आफ्ना सबै इच्छा पुरा भएकाे देखेँ,

तर नयाँ कुरा केही देख्न पाइनँ,  
याे संसार र वास्तविकताको संसारमा कुन राम्रो ?   
याे एक प्रश्न मेरो मनमा आइरह्यो ।  
 


वास्तविकताको संसारमा नयाँ कुरा सिकेँ, 
तर त्यो संसारमा केही नयाँ कुरा पाइनँ, 
यी दुई संसारमा कुन राम्रो ? 
यही प्रश्न गर्दा गर्दै म आफ्नो सपनाबाट उठेँ ।