Logo

Student Corner

तिमी

Written by: Samyam Shrestha - 22012, Grade XII

Posted on: 21 January, 2022

पुनर्जन्ममा आएर मलाई सपना देखायाै किन ?
पुरा नहुने कसम खाएर हरायाै किन ?

मिहिनेतको फल पाउँदैन कसैले
दु:ख नपाई दुःख बुझ्दैन कसैले ।

आफ्नो इच्छाले गयाै तिमी युद्धमा
हाम्रो माया बिर्सिएर गयाै तिमी स्वर्गमा ।

यो गर्छु, त्यो गर्छु भन्दै मेरो मुटुलाई चोर्याै,
तर अन्तिममा सपना देखाएर गयाै तिमी यो संसार छोडेर ।

एक्लै छु म तिम्रै यादको यात्रामा  
हिँड्न सकिनँ म तिमीले छाडेर गएको बाटामा ।