Logo

Student Corner

मायाकाे त्याे रात

Written by: Anushka Basket - 24001, Grade X

Posted on: 21 January, 2022

ओइ!  माया घर फर्की आमा भान्साबाट कराउनुभयो । रात छिप्पिइसकेको मायालाई थाह नै भएन । साथीहरूलाई ल “म घर जान्छु है !” भन्दै माया घरतर्फ लागी । दैनिकी जस्तै हातखुट्टा धोएर एक छिन बसेपछि खाना खान भान्साकोठामा छिर्दा आज आमाले मायाका लागि खाना नै पस्कनुभएको थिएन । माया अचम्म मान्दै आमालाई आमा ! “मलाई खाना खान दिनुन” भनी । उसले  आमा सुतिसकेको देखी । भर्खर आमाले उसलाई घर आऊ भन्दै कराउँदै हुनुहुन्थ्यो । यति छिट्टै आमालाई गहिरो निद्रामा देख्दा माया छक्क परी । आमाले नदिएपछि आज माया खाना नखाई सुत्ने भई । अहिलेसम्म पनि बा घर नफर्केकाले ऊ बाको प्रतीक्षा गर्न थाली । आठ बजिसकेको थियो। रात क्रमशः छिप्पिदैँ गयो बा अझै आएनन्। माया आत्तिन थाली । आमा पनि उठिनन् । मायाले आमा !आमा !!  “किन नउठ्नु भएको ? उठ्नुहोस् न” भन्दै आमालाई उठाउन थाली । लाखौँ प्रयास गर्दा पनि आमा उठिनन् । लौन मेरी आमालाई के भयो ? मेरी आमालाई के भयो ? अब बसेर चिच्याउन थाली । मायालाई आमासँग रिस उठ्न थाल्यो। छिमेकीको घर जान उसलाई आँट पनि आएन । कुनै जनावरले आमालाई केही गर्‍यो कि ? कतै आमाले विष सेवन त गरिनन् ? माया छट्पटाउन थाली । आमासँग तर्सिन थाली ।
आमा सबेरै उठेर पूजापाठ गर्न थालेकी थिइन् । अचानक जोड जोडले माया निद्रामै रोइरहेको र आत्तिएको देखेर आमाले मायालाई उठाउन थालिन् । माया तिमीलाई के भो छोरी उठ ! मायाले आँखा खोली । आमा उसको अगाडि थिइन् । माया झटपट उठेर आमाको काखमा बसी र आँसु पुछ्न थाली ।