Logo

Student Corner

सिफल नाइट

Written by: Advik Nemkul - 31034, Grade III

Posted on: 21 January, 2022

२०७८ साल १० गते शुक्रबार हाम्रो विद्यालयमा सिफल नाइट कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीहरूले भाग लिएका थिए । मैले पनि संगीतमा, शारीरिक व्यायाममा र नृत्यमा भाग लिएको थिएँ । हाम्रो कार्यक्रम दिउँसाे ४ बजेदेखि सुरु भएर साँझ ६ बजे सम्पन्न भएको थियो । हाम्रा अभिभावक तथा शिक्षक-शिक्षिकाले हाम्रो हौसला बढाइदिनुभयो । हामीलाई शिक्षक-शिक्षिकाले निकै अभ्यास गराउनु भएको थियो र हामीले उक्त कार्यक्रममा निकै राम्रो प्रस्तुति दिएका थियौँ । हाम्रो कार्यक्रम हेर्न हाम्रा अभिभावक ज्यूहरू आउनुभएको थियो । कार्यक्रम सकिएपछि म मेरा साथी र शिक्षिकाहरूसँग बिदा लिएर बुबासँगै घर फर्किएँ । मलाई त्यस कार्यक्रम निकै रमाइलो लाग्यो ।