Logo

Student Corner

नआऊ भन्दिनँ म जिन्दगीमा

Written by: Binaya Rijal - 2022020, Grade XII

Posted on: 20 January, 2022

दुख लाग्छ सोच्दा सोच्दै जिन्दगीमा आउन खोज्छौ । 
मैले कुरा नमान्दा नि चोखो माया लाउन खोज्छौ ।।  

यस्तै क्रम चलिराख्दा तिमीले धोका पाउने हौ कि
चोखो माया गर्छु भनी जिन्दगीमा धाउन खोज्छौ ।

माया लाग्छ तिम्रो तर माया दिन सक्दिनँ म
मैले नाइँ, होस्, भन्दा पनि तिमी दुख पाउन खोज्छौ ।

थाहा छ त तिमीलाई मैले माया दिन्नँ भन्ने
तर किन जिन्दगीमा ऋतु बनी छाउन खोज्छौ ?