Logo

Student Corner

किताब

Written by: Sulav Maharjan - 25017, Grade IX

Posted on: 20 January, 2022

सधैँ पढ्नुपर्छ,हामी किताबकाे ज्ञान
किताबकाे ज्ञानले दिन्छ, हामीलाई मान। 
ठुलादेखि साना सबै हेर बाबु नानी
शिक्षक पनि भन्नुहुन्छ, पढ्ने राम्राे बानी।।

धेरै किताब खाेजी खाेजी पढाैैँ,
कथा,कविता, जीवनी अनि उपन्यास 
जुनसुकै किताबले दिन्छ हेर ज्ञान 
किताब पढ्दा राम्रोसित दिनुपर्छ,  ध्यान।

किताब नै हो हाम्रो साथी,
किताब नै हो हाम्रो सहारा। 
यसले बाच्न सिकाउँछ हामीलाई 
जीवन जिउन सघाउँछ हामीलाई ।।

किताबलाई माया गरौँ,
किताब धेरै पढौँ, 
किताबले ज्ञान दिन्छ, 
पढ्न सधै अघि बढौँ  ।