Logo

Student Corner

सगरमाथा

Written by: Advik Man Nemkul - 31034, Grade III

Posted on: 20 January, 2022

सगरमाथा हिमाल विश्वको सबैभन्दा अग्लो हिमाल हो । यो हिमाल हाम्रो देश नेपालमा रहेको छ । याे हिमाल नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । यसको उचाइ ८,८४८ मिटर अग्लो छ । याे हिमाल आरोहण गर्न प्रत्येक वर्ष धेरै विदेशीहरू नेपाल आउँछन् । यस हिमालको नामाकरण गर्ने व्यक्ति इतिहासशिरोमणि बाबुराम आचार्य हुनुहुन्छ । सगरमाथाको सर्वप्रथम आराेहण गर्ने व्यक्ति एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा हुन् । सर्वप्रथम आराेहण गर्ने नेपाली महिला आरोही पासङ ल्हामु शेर्पा हुन् । सगरमाथाको कारणले गर्दा विश्वमा हाम्रो देश नेपालको नाम चिनिएको छ । यसमा हामी सबैलाई गर्व पनि छ ।