Logo

Student Corner

पानी

Written by: Sauravi Thapa - 29030, Grade V

Posted on: 19 January, 2022

पानी एक तरल पदार्थ हाे । पानी पृथ्वीका प्राणी सबैलाई नभइ नहुने चिज हाे । पानी बिना रूखविरूवा, पशुपन्छी, जीवजन्तु कसैकाे पनि कल्पना पनि गर्न सकिँदैन । पानी मानिसलाई पनि धेरै कामका लागि चाहिन्छ । जस्तैः पिउन, लुगा धुन, भाँडा माझ्न, सिँचाइ गर्न, वस्तुभाउलाई पिउन दिन आदि । पानी हामीले धारा,खाेला,कुलाे,कुवा, ताल, पाेखरी नदी,हिमाल आदिबाट प्राप्त गर्छाैँ । हामीले पानीका स्राेत वरिपरि सरसफाइ गर्नुपर्छ । फाेहर गर्नु हुँदैन । फाेहर पानी पिउनु पर्याे भने हामीलाई विभिन्न थरिका राेग लाग्छ । विश्वमा हेर्ने हाे भने नेपाली जलस्राेतका लागि दाेस्राे धनी देश हाे । विश्वभरि पिउने पानीकाे कमी हुँदै गएकाे छ । हामीले पानी बिनाकाममा खेर फाल्नु हुँदैन । रूखविरुवा राेप्ने, वनजङ्गल जाेगाउने गरेमा पानी पनि जाेगिन्छ । पानीबाट बिजुली निकालेर विश्वलाई नै उज्यालाे बनाउन सकिन्छ । त्यसैले पानी धेरै महत्वपूर्ण चिज हाे ।