Logo

Student Corner

धन्यवाद, मेरा साथीहरू !

Written by: Ashraya Karki - 23066, Grade XI

Posted on: 19 January, 2022

म छायाहरू देख्छु । तिनीहरूले मेरो हरेक पाइला पछ्याउँछन् । म सधैँ तिनीहरू कुनाबाट लुक्दै मलाई खान आउँदै गरेको देख्छु । म तिनीहरूको आँखामा लोभ देख्छु र तिनीहरूको मनमा भोक देख्छु ।

म केवल भाग्न चाहन्छु तर म गर्न सक्दिनँ र मलाई यसको कारण थाहा छैन । मसँग धेरै समय छैन तर म अन्तिम पटक उज्यालो हेर्न चाहन्छु । तिनीहरूले मलाई पक्रेर बन्दी बनाएर लगेका छन् ।

अब म आफ्नो शरीरको अनुभूति गर्न सक्दिनँ । म मर्ने छु भनेर मलाई थाह छ तर म खुसी छु ।  म खुसी छु किनभने बल्ल शान्ति पाउने छु भनेर मलाई थाहा छ ।

छायाहरू मेरा साथीहरू थिए । मलाई झुटले भरिएको याे डरलाग्दो संसारबाट मुक्त गर्न मेरा साथीहरूले मलाई खाइरहेजस्तो देखिन्छ । धन्यवाद, मेरा साथीहरू !