Logo

Student Corner

दुई साथी

Written by: Simone Shree Pathak - 24006, Grade X

Posted on: 19 January, 2022

लक्ष्मी माध्यमिक विद्यालय भौतिक रूपले सुविधासम्पन्न र महङ्‌गो विद्यालय थियो । यस्तो सुविधासम्पन्न विद्यालयमा पढ्न आर्थिक स्थिति राम्रो भएकाे हुनुपर्थ्यो । अर्थात् यस विद्यालयमा धनीमानीका छोराछोरीहरूले मात्र पढ्न पाउँथे । वरपरका सबै मानिस सकेसम्म यही विद्यालयमा पढाउन चाहन्थे ।  विद्यार्थी मिहिनेती र लगनशील भएर हो कि विद्यालयको वातावरण नै त्यस्तो भएर हो यस विद्यालयमा पढेका विद्यार्थीले कुनै न कुनै रूपमा सफलता प्राप्त गरेका थिए ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत अति मिल्ने साथी साथी थिए - रीमा र निर्मला । उनीहरूको अध्ययन पनि राम्रो थियो । उनीहरू कक्षामा क्रमशः प्रथम र द्वितीय हुन्थे। प्रथम रीमा हुन्थी भने द्वितीय निर्मला हुन्थी । धेरै जसाेले उनीहरूलाई दिदी बहिनी जस्तै मान्थे। रीमा अत्यन्त अनुशासित सामाजिक सरल र मिलनसार पनि थिई । निर्मला अलि बढी रमाइलो गर्न खोज्ने जिस्किने प्राय हँसिलो स्वभावकी थिई।
रीमा निर्मलाको हरेक गतिविधि नियाल्थी । यति मिल्ने साथी हुँदा हुँदै पनि कता कता निर्मलाको रीमाप्रति ईष्या भाव थियो । रीमाभन्दा निर्मला अलि सम्पन्न परिवारकी थिई । रीमाको घरको अवस्था मध्यम भए पनि ऊ यो विद्यालयमा छात्रवृत्ति पाएर अध्ययन गर्दै थिई । निर्मला भने सम्पन्न पारवारकी भएकी हुनाले उसले विद्यालयमा सहजै भर्ना पाएकी थिई ।
समय बित्दै गयो । उनीहरूको परीक्षा नजिकिँदै गयो । रीमा कम्मर कसेर पढ्न थाली । निर्मलालाई पढाइ र परीक्षाको खासै चिन्ता थिएन । उसले खासै महत्त्व पनि दिदैनथी । सबैसँग हाँस्ने बोल्ने स्वभावकी निर्मलामा साथीप्रति भने केही नकारामक भावना पलाए जस्तो लाग्थ्यो । रीमा यसै पनि निर्मलासँग बोल्न कम गर्दै गएकी थिई।
परीक्षा सकिएर नतिजा प्रकाशन भयाे । यसपाली निर्मला पाँचाै भई ।आफूले पढाइमा धेरै समय नदिएर नतिजा खस्केकाे कुरा उसले मनन गरी । धनले मात्रै अध्ययन राम्राे हुने भए आज कैयाैँ धनीमानीका छाेराछाेरी कुलतमा फस्ने थिएनन् भन्ने कुरा उसले राम्ररी बुझी र फेरी मिहिनेत गरेर पढ्न थाली ।