Logo

Student Corner

नेपालको पीडा

Written by: Aashna Shrestha - 23064, Grade XI

Posted on: 18 January, 2022

एकातर्फबाट मेरो हिमाल, पहाड रोइरहेको छ, 
अर्कातर्फबाट मेरो मधेस कराइरहेको छ,
दुईओटा आँखाकाे पनि एउटै मुटु हुन्छ, 
जसको समस्या भए पनि नेपाल नै रुन्छ ।

महाभूकम्पले बनायो देश तहसनहस
मधेसको माग पुरा नहुँदा भइरहेको छ बहस
जे भए पनि पाएको छ नेपालले दुःख 
पीडा भए पनि बोल्छ नेपालकै मुख ।

भारतको नाकाबन्दीले बनाएको छ पेट्रोलियम पदार्थको अभाव
अनि मधेसको आन्दोलन रोक्न दिइरहेको छ दबाब
कसले सुन्ला नेपालको यो दुःख ?
जसको पीडा भए पनि बोल्छ नेपालकै मुख ।
एकातर्फबाट मेरो हिमाल, पहाड रोइरहेको छ, 
अर्कातर्फबाट मेरो मधेस कराइरहेको छ,
दुईओटा आँखाकाे पनि एउटै मुटु हुन्छ, 
जसको समस्या भए पनि नेपाल नै रुन्छ ।

महाभूकम्पले बनायो देश तहसनहस
मधेसको माग पुरा नहुँदा भइरहेको छ बहस
जे भए पनि पाएको छ नेपालले दुःख 
पीडा भए पनि बोल्छ नेपालकै मुख ।

भारतको नाकाबन्दीले बनाएको छ पेट्रोलियम पदार्थको अभाव
अनि मधेसको आन्दोलन रोक्न दिइरहेको छ दबाब
कसले सुन्ला नेपालको यो दुःख ?
जसको पीडा भए पनि बोल्छ नेपालकै मुख ।