Logo

Student Corner

डाँडागाउँको बदलाव

Written by: Jiya Sapkota - 25003, Grade IX

Posted on: 18 January, 2022

हावाको चिसो सिरेटोले मेरो मुखमा हानिरहेको छ । पुराना कुराहरू बारे सोच्दा मन भावुक त हुन्छ तर, एक प्रकारले सोच्दा म आफैँमा गर्व गर्छु । लगभग १२ बर्षपछि म यो स्थलमा आएँ । मैले १२ बर्ष अगाडि आफ्नो लागि मात्र सोचेर बसेको भए,  यो गाउँ याे अवस्थासम्म आइपुग्दैनथ्यो होला । पहिलेको अवस्था र अहिलेको अवस्था देखेर कोही पनि विश्वास गर्दैनन् होला कि यो त्यही गाउँ हो । हरेक बाटोमा खाल्डाखुल्डी थिए । हरेक घरमा नकारात्मक सोच्ने मान्छे हुन्थे । सबै मानिसको सोच एकैनासकै थियाे होला । 
नमस्कार, म सारा हुँ । यो मेरो कथा हो जब म १४ वर्षकी थिएँ मेरो गाउँको अवस्था देखेर केही योगदान दिने र केही गर्ने सोचेकी थिएँ । मेरो पुरानो गाउँ डाँडागाउँ हो । त्यतिबेला त्यो गाउँमा कुनै सुविधा थिएनन्। कुनै पनि सडक राम्रा थिएनन्, खानेपानीको पनि सुविधा थिएन । पानीका लागि मानिसहरू  दिनहुँ टाढा टाढा जानुपर्थ्यो ।  त्यो गाउँमा जीवन साँच्चै गाह्रो थियो । म त्यतिबेला १४ वर्षको थिएँ र मनमनै मलाई त्यो गाउँको बारेमा निकै दुःख लागिरहेको थियो । मैले त्यो गाउँँकाे विकास कसरी गर्न सकिन्छ भनेर दिनहुँ सोचिरहन्थेँ ।

एक दिन मैले मेरी आमासँग केही पैसा मागेँ तर उनले दिन अस्वीकार गरिन् किनभने हामी पनि त्यती बेला आर्थिक रूपमा कमजोर थियौँ । त्यो रात म गाउँको विकास गर्न के गर्न सक्छु भन्ने योजनामा बनाउन ​​रातभर बसेँ। त्यसकै ठिक भोलिपल्ट म गाउँ पालिकाका प्रमुखलाई भेट्न गएँ । मैले गाउँको हरेक समस्या सुनाएँ र वहाँले तत्कालै काम गर्ने बताउनुभयो । म खुसी थिएँ किनभने मैले कम्तीमा मेरो गाउँको लागि एक कदम चालेकी थिएँ । भोलिपल्ट मैले केही कामदारहरूलाई पानीको पाइपलाइनमा काम गरिरहेको देखेँ। र केही समयमै उनीहरूले पाइपलाइनको बिस्तार गर्नुदेखि लिएर बिजुलीका पाेल तथा तारका कामहरू  पनि गरिसके । यस्तै प्रकारले काम हुँदै जाँदा ५ वर्षपछि गाउँ पूर्ण रूपमा विकसित भयो । त्यस गाउँका मानिसले अहिले इन्टरनेट चलाउन थालेका छन्। सडकमा नयाँ सवारी साधन चलाउन थालेका छन् र विभिन्न उपलब्धि पनि हासिल गरेका छन् । मैले वहाँहरूलाई हरेक परिस्थितिमा मद्दत गरेकी थिएँ। र अब यो गाउँ फर्केर हेर्द म निक्कै भावुक हुन्छु । 
अन्तत: म के भन्छु भने यदि हामीले केही गलत भइरहेको देख्यौँ भने, अरू कसैले त्यसको समाधान गर्ला भन्ने  भाव राख्नु हुँदैन । यदि त्यस्ता काम  कुरामा हाम्रो नजर पर्‍यो भने हामीले गएर त्यसको समाधान खोजी हाल्नुपर्छ ।