Logo

Student Corner

काेराेना भाइरस

Written by: Rachit Bhattarai - 31021, Grade III

Posted on: 18 January, 2022

काेराेना भाइरस एउटा सङ्क्रामक रोग हो । यसलाई काेभिड-१९ पनि भनिन्छ । यो भाइरस सबैभन्दा पहिला सन् २०१९ को अन्त्यतिर चिनको बुहान सहरमा देखिएको थियो । यो अहिले विश्वभरि फैलिरहेको छ । अहिले नयाँ नयाँ किसिमका काेराेनाका लक्षण पनि देखिन थालेको छ । यस भाइरसका कारण विश्वमा धेरै मानिसहरूले ज्यान पनि गुमाइसकेका छन् । काेराेना भाइरस श्वासप्रश्वास बाट सर्ने रोग हो । काेराेनाका  लक्षणहरू साधारण मौसमी रुघाखोकी जस्तै हुन्छन् । कसैलाई त लक्षण नै देखिदैन र केही दिन पछि आफै ठिक हुन्छ तर कसैलाई यसले धेरै नै गाह्रो पार्छ र कसैको ज्यानै पनि जान सक्छ । त्यसैले काेराेना भाइरसदेखि सावधान भएर आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ ।