Logo

Student Corner

समय र जीवन

Written by: Aditya Majhi - 22004, Grade XII

Posted on: 17 January, 2022

समय जहिल्यै एउटै हुँदैन त्यसैले हाम्रो जीवनमा भइरहेका कुराहरू परिवर्तन हुँदै जान्छन् र हाम्राे जीवन पनि परिवर्तन हुन्छ । समय र जीवनबिच धेरै मेलमिलप छ । समयको कारण हाम्रो जीवन बदलिँदै जान्छ । यदि समय परिवर्तन नभएको भए जीवन पनि यथास्थितिमै रहन्थ्याे । समयअनुसार सबै चिजहरू परिवर्तन हुन्छन् र हुनु पनि पर्छ । परिवर्तन नभए विकास हुँदैन । जीवनमा परिवर्तनको धेरै महत्त्वपूर्ण भूमिका छ । जीवनमा मानिसले समय बदलिएकाे कारणले धेरै कुरा सिकेकाे छ । समयले मानिसलाई सफल वा असफल बनाएको छ र जीवनमा धेरै कुराहरू सिकाएकाे छ । समय परिवर्तन हुँदै गर्दा मानिसको स्वभाव र व्यवहार पनि परिवर्तन हुन्छ ।

पुरानाे समयमा राम्रो कुरा गरिरहेको भए हामीले त्याे कुरा जहिले पनि गरिराख्नुपर्छ किनकि त्यसले हामीलाई जीवनमा असल मानिस बन्न सहयोग गर्छ । सबै कुरामा समय लाग्छ र त्यही समयमा परिवर्तन हुन्छ र त्यही समयमा हामीले जीवनमा राम्रा कुराहरू सिक्न पाउँछाैँ । सिकेका तिनै कुराबाट हामीले धेरै ज्ञान पाउँछाैँ । जहिले पनि हामी जीवनमा धेरै कुराहरू सिकिरहेका हुन्छौँ । समयमै हामीले सिकेनौँ भने पछि गएर हामी आफैँ पछुताउँछौँ ।

समयको कारणले मानिसकाे जीवन विकसित हुँदै गइरहको छ । अहिलेको समयमा मानिसको जीवन एकदमै छाेटाे छ । यो पनि समयको परिवर्तनले गर्दा भएकाे हो । मानिसले खानाको नाममा अहिले रासायनिक पदार्थ बढी खाइरहेकाे छ किनकि संसारमा मानिसको सङ्ख्या धेरै भइसक्यो तर किसानको सङ्ख्या एकदमै कम छ ।