Written by: Shreebisha Shrestha - 23040, Grade XI
Posted on: 17 January, 2022
आज फेरि याद आयो मलाई गाउँको
जहाँ जन्मेँ, हुर्केँ, खेलेँ आफ्नो ठाउँको ।
ती वनपाखा अचेल कस्ता भए होलान् ?
गोरेटा र गल्लीहरू मलाई खोज्दै होलान्,
भन्ज्याङ र चौतारी, वरपिपलको छहारी
रुन्छन् भन तिम्रो यादले चित्त बुझाँऊँ कसरी ?
ती साथीसँगीहरू गर्दै होलान् मेलापात
मायालुले अझै मलाई सम्झन्छन् कि दिनरात
झरनाको झरझरसँगै, खोलाको कलकलसँगै
साक्षी राखी देउराली ला’को मायाँ ए नि लै
लगिदेऊ न बादल मलाई उडाएर मेरै गाउँ
जहाँ खेलेँ, हुर्कें बढेँ जन्मिएको ठाउँ ।