Logo

Student Corner

भोलिको नेपाल

Written by: Subesh Tharu - 2022013, Grade XII

Posted on: 14 January, 2022

तपाईंहरूले कहिले सोच्नुभएको छ, हाम्रो नेपाल भविष्यमा कस्तो हुन्छ होला भनेर ? नेपालको भविष्य कस्तो होला भनेर ? कसरी बदलिन्छ होला त नेपाल ? जसरी हामी मानवहरूले विभिन्न सङ्घर्ष गरेर ब्रह्माण्डमा आफ्नो अस्तित्व जोगाएका छाैँ, त्यसरी नै मलाई लाग्छ नेपाल र नेपाली जनताहरू पनि यस विश्वमा आफ्नो अस्तित्व कायम राख्न सक्छन् ।

नेपाल विकासोन्मुख देश हो र यहाँ धेरै चुनौतीहरू छन् । हामीलाई थाहा छ कि याे देशलाई समृद्ध बनाउन सहज हुने छैन तर नेपालको भविष्य उज्ज्वल छ भन्ने मेरो विश्वास छ । हो, हाम्रो देशमा राजनीतिक अस्थिरता, सामाजिक विभाजन, आर्थिक विकास नहुने, रेमिट्यान्समाथिको निर्भरता, भ्रष्टाचारको संस्कृतिलगायतका चुनौतीहरूको सूची ठुलो छ तर म विश्वास गर्न सक्छु कि हामी अगाडि बढ्छौँ । नेपालमा धेरै स्रोत साधनहरू उपलब्ध छन् र तिनलाई सही तरिकाले उपयोग गरे हामी धेरै अगाडि बढ्न सक्छाैँ । नेपालमा भएका तीव्र गतिमा बग्ने नदीबाट बढीभन्दा बढी जलविद्युत उत्पादन गर्न सक्छाैँ र यसले नेपालको पुरै विद्युत समस्या हटाउँछ । यसरी नै नेपाल प्रकृतिक विविधताले भरिएको देश हो र यो विश्वकै उत्कृष्ट पर्यटकीय स्थल बन्न सक्छ । नेपालमा धेरै अर्धदक्ष र अदक्ष जनशक्ति छ र यसलाई चेतना तथा अवसर दियो भने नेपाल धेरै अगाडि बढ्छ । नेपाल अरू देशको तुलनामा सानै छ, त्यसैले यसकाे विकास गर्न त्यति गाह्राे हुँदैन ।

म आशा गर्छु कि भोलिको नेपाल सुन्दर, समृद्ध र सुखी हुने छ । यहाँ ठुलठुला भवन, स्वास्थ्य, शिक्षा, यातायातजस्ता सबै सुविधा, मानिसहरूको राम्रो भविष्य र सबैजनाको जीवन स्तरमा वृद्धि हुने छ र देश तथा देशका जनताले प्रगति गर्ने छन् ।