Logo

Student Corner

पुस्तक समीक्षा : विश्ववेदना कविता सङ्ग्रह

Written by: Niharika Chapagain - 25006, Grade IX

Posted on: 14 January, 2022

‘विश्ववेदना’ वीरेन्द्र नेपालद्वारा रचित कविता सङ्ग्रह हो । यस कविता सङ्ग्रहमा  ५१ वटा कविताहरू छन् । यस कविता सङ्गग्रहमा प्रचलित छन्दभन्दा भिन्न प्रकारका नौला छन्दहरूमा रचिएका कविताहरू  रहेका छन् । शार्दूलविक्रीडित, पञ्चचामर, शिखरिणी, नर्कुटक, अनुष्टुप, मालिनी, इन्द्रवज्रा, चित्रमाला,मन्दाक्रान्ता, तोटक, भुजङ्गप्रयात, वसन्ततिलका, इन्दिरा, वंशस्थ, उपजाति, स्रग्धरा जस्ता छन्दहरूमा कविता रचिएका छन् ।

विश्ववेदना कविता सङ्ग्रहभित्र  कविले धेरै जसो कविताहरूमा देश र जनताको  भविष्य  अनि विकासप्रति ध्यान दिँदै आफ्ना भावनाहरूलाई व्यक्त गर्न खोजेका छन् । यहाँ नेपालको विगतमा भएका विभिन्न इतिहासलाई वर्तमानको राजनीतिसँग जोडेर लेखिएका धेरै कविताहरू  छन् । कविले देशलाई भ्रष्टाचारबाट मुक्त र विकाससँग पहिचान गराउने उद्देश्यले ‘विश्ववेदना’ नामक कविता सङ्ग्रह लेखेका हुन् ।    
यस कविता सङ्ग्रहभित्रको पहिलो कविता ‘भूमिको आवाज’ रहेको छ र यसमा कविले नेपालको युवा जनशक्तिले आफ्नी नेपाल आमाको साथ छोडेर परदेशको चरणमा गएको कुरालाई जोड दिँदै, ती दक्ष जनशक्तिलाई स्वदेशमै आफ्नै घर फर्किएर श्रम गर्न आह्वान गरेका छन् । यो कविता शार्दूलविक्रीडित छन्दमा रचिएको छ । कविले युवाहरूलाई स्वदेश फर्कन आग्रह गर्दा बाँझो खेत खनेर, गुन्द्रुक ढिंडो खाँदै आफ्नो परिवारसँग समय बिताउन नयाँ जीवनको अध्याय सुरु गर्न आग्रह गरेका छन् । यो कविता पैसाको पछि दौडिएर आफ्नो परिवार र देशलाई पनि पछि छोड्न तयार हुनेहरूप्रति समर्पित छ। 
त्यसैगरी यस कविता सङ्ग्रहमा ‘साहस’ शीर्षकको कविता पञ्चचामर छन्दमा रचिएको छ । साहस कवितामा कविले हाम्रा वीर पुर्खाले युद्धमा पराक्रमी भई शत्रुको सामना गरेका थिए भन्ने भाव व्यक्त गरेका छन् । आर्थिक रूपमा कमजोर हुँदाहुँदै पनि आफ्नो देशको रक्षाका लागि केटाकेटी, बुढाबुढी र जवान युद्धमा होमिएका थिए । देशभक्तिको भावनाले ओतप्रोत भएका उनीहरू आफ्नो ज्यानको प्रवाह नगरी युद्धमा होमिएका थिए। यस्तै भावलाई कविले सुन्दर कविताको रूपमा प्रस्तुत गरेका छन् ।
यसैगरी, ‘विश्ववेदना’ कविता सङ्ग्रहको ‘विश्ववेदना’ कविता कविता नर्कुटक छन्दमा रचिएको छ । यस कवितामा कविले वर्तमानमा देखिएको समस्या प्रदूषणलाई कम गर्दै पृथ्वीको सुरक्षा गर्न अनुरोध गरेका छन् ।  मानिसका स्वार्थी कामले प्रकृतिको विनाश भएर पृथ्वीलाई रुवाएको छ र प्रकृतिसँग खेलवाड गरेर हामी मानिसहरूलाई प्रकृतिको कहरले त्रसित बनाएको छ । प्रकृतिले पनि मानिसहरूलाई उनीहरूको जीवन खतरामा परेको, गतिलो जवाफ दिएको छ । त्यसैले कविले यस कविताको माध्यमबाट हामी सबै मानिसलाई सँगै अघि बढौँ र अवनि रक्षामा जुटौँ भनेर शिक्षा दिन खोजेका छन् ।
यसरी नै ‘कामना’ कवितामा कविले आफ्ना जीवनेइच्छाहरूलाई उल्लेख गरेका छन्। कविलाई यस धर्तीमा साहसी बनेर, दुख पीडा भोगेर, सपनाहरू  बुन्दै संसारमा महिमा छर्न मन लागेको कुरा व्यक्त भएका छन् । कविको असल साधारण नेपाली झैँ, राष्ट्र गीत असल मनले गाउन र देशलाई विश्वमा परिचित बनाउने सपना भएको अनुमान लगाउन सकिन्छ । यस्ता इच्छाहरूलाई लिएर कविले यो मन्दाक्रान्ता छन्दमा मिठो कविता लेखेका छन्। उनको शिखरको चुचुरोमा पुगेर ज्ञान छर्ने, गरिबजनहरूको पीडा बुझेर, उनीहरूलाई सहयोग गर्ने जस्ता असल कामना पनि यहाँ व्यक्त भएको छ । 
क्रमश: