Logo

Student Corner

पुस्तक समीक्षा: अमूल्य उपहार

Written by: Pratik Dongol - 27009, Grade VII

Posted on: 14 January, 2022

अमूल्य उपहार कथा सङ्ग्रह विजय चालिसे र जनकप्रसाद हुमागाईले लेखेका हुन। कथा सङ्ग्रहमा चित्रहरू बनाउने काम श्रीहरि श्रेष्ठले गरेका हुन् । यो पुस्तक नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्क्रम विकास केन्द्रले प्रकाशन भएको हाे । कथा सङ्ग्रहमा दसवटा  रमाइला रमाइला बालकथाहरू छ्न् ।

विषयवस्तु:
कथाहरू:
दीपककाे काठमाडौँ  यात्रा:

कथा सङ्ग्रहकाे पहिलाे कथामा दीपकले आफ्नी हजुरबासँग हिउँदको छुट्टीमा काठमाडौँ  जाने कुरा गरे । हजुरबाले पनि हुन्छ भने । पुस लागेपछि दीपककाे छुट्टी पनि भयो । हजुरबाले फलेका सबै सुन्तला टिपी गाडीमा हाले । त्यही गाडीमा दीपक र हजुरबा बसी काठमाडौँतिर लागे। दीपक रमाइला  दृश्यहरू हेर्दै काठमाडौँको दक्षिण दिशामा अवस्थित बल्खुको फलफूल बजारमा पुगे । त्यहाँ सबै सुन्तला बेचेर दुवै कालिमाटीमा तरकारी बजारतिर गए । हजुरबाले जति कष्टमा परेर भए पनि सुन्तला खेती सुरु गरे भन्न थाले । उनलाई अहिले सबैले सुन्तला बाजे भन्छन् । उनले नै गाउँमा पहिले गरिबी कम गर्न सुन्तला खेती गरेका रहेछन् । पहिले मानिसहरूले फलफूल खेती गरेर बेच्न नराम्रो मान्थे र नानाथरी कुरा भन्थे हजुरबालाई । पछि उनकै प्रगति देखेर सबैले खेती सुन्तला खेती सुरु गरेका रहेछन् । त्यसपछि उनीहरू हजुरबाका इष्टमित्र कहाँ गए । पेटीमा एक व्यक्तिले च्याउ बेच्दै थियो । एउटा मानिसले चार झोला च्याउ किनी लाग्यो । व्यापारीले त्यो पैसा बेच्न बाँकी भएका च्याउमा छोयो अनि ढोकेर गोजीमा राख्ने। दीपकले त्यो देखेर हजुरबालाई सोधे । हजुरबाले च्याउ धेरै बिक्री हुँदैन र बिक्री होला भनेर । अर्को दिन घुम्न गए र त्यसपछि आफ्नो घर गए ।

रमाइलो दण्ड:
काठमाडौँमा एउटा बाजा पसल थियो । पसलको मालिक धेरै राम्रो थियो । मालिक आफैँ सङ्गीतको उस्ताद थिए अनि बिहान र बेलुका अरूलाई सिकाउँथे । एउटा केटा सधैँ पसलमा रहेका बाजाहरू हेरिरहन्थ्याे । उस्तादले सोधे किन तिमी सधैँ यहाँ उभिन्छौ ? केटाले भन्याे, “मलाई सङ्गीत सिक्ने धेरै रहर छ तर बाआमासँग शुल्क तिर्ने पेसा छैन।”  उस्तादले मसँग सङ्गीत सिक्न आऊ भने । उसले हार्मोनियम धेरै मिहिनेतसँग सिके । केटाले उस्तादलाई भने मलाई छिट्टै साँचो दिनु म पसल खोलेर सफा गर्छु । उनले हुन्छ भने । केटाले एक घन्टाअगाडि पसल खोल्थ्यो । उस्ताद जाँदा पसल सफा हुन्थ्यो । एकदिन उस्ताद छिटो जाँदा पसल केटाले हार्मोनियम बजाउँदै रहेछ । केटा डरायो अनि माफी माग्यो । उस्तादले सजाय भन्दै हार्मोनियम उपहार दिए ।

कन्ठे कागको घमण्ड:
नर्वदाको टोलमा एउटा धवल थियो । त्यहाँ धेरै काग परेवाहरू थिए सबै आफ्नै बथानमा बस्थ्यो । एउटा घाँटीमा सेतो पेटीजस्तो भएको काग थियो । त्याे कागलाई सबैले कन्ठे काग भनेर चिन्थे । कन्ठे काग घमण्डी थियो र सबैलाई दु:ख दिन्थ्यो । परेवाहरू र उनका बच्चालाई पनि दु:ख दिन्थ्यो । एक दिन परेवाहरूलाई पनि दु:ख दिन्थे । एक दिन परेवाहरूले बचाउ गर्न खोज्दा कन्ठे कागले आफ्नो पखेटा गुमायो । त्यहाँ अरू कागहरू आए र के भयो भनेर सोधे । कन्ठे कागले आफू निर्दोष भएको साबित गर्न खोज्यो । परेवाले पनि आफ्नो कुरा राख्यो । कुरा गम्भीर भएकाले अदालत जस्तै राखे । दुवै पक्षले आफ्नो कुरा राख्यो । कन्ठे काग गलत भएको कुरा अगाडि आयो । दुबै पक्ष मिल्ने कुरा आयो । कन्ठे कागले नमिल्ने भन्यो । परेवाले हामी मिल्न तयार छाैँ तर यो कागले हामीलाई दु:ख नदेओस् भन्यो । कागहरूले कन्ठे कागलाई धेरै सम्झाए । कन्ठे कागले अन्त्यमा मिल्न तयार भयाे र पछुतो पनि भो ।

अमूल्य उपहार: 
सबिना, सङ्गीता र राजन भाइबहिनी थिए । तिनै जना धेरै मिहिनेती थिए । उनीहरूले  आआफ्नाे खुत्रुकेमा खाजाको पैसा बचाएर राख्थे । पर्सि आमाको जन्मदिन थियो ।  तिनै जनाले उपहार दिने निधो गरे । सङ्गिताले किताब किन्ने, राजनले घडी र सबिनले मिठाइ किने । पछि उनीहरूले आमालाई मदत गरे । खाना पाकेपछि खाना खान बसे । उनीहरूले आआफ्नो उपहार ल्याए र जन्म दिनकाे शुभकामना भन्दै आमालाई दिए । आमा धेरै खुसी भइन् । सबिन र राजनले सोधे कुन उपहार सबैभन्दा राम्रो र बहुमूल्य छ ? आमाले भनिन् मिठाइ खाउँञ्जेलसम्म मात्र मिठाे हुन्छ । समय देखाउँछ तर एक समयमा गएर बिग्रिन्छ तर किताबले दिएकाे ज्ञान सधैँ काम लाग्छ ।

साधु खरायो:
एउटा जङ्गलको कुटीभित्र एउटा खरायो बस्थ्यो । त्यो खरायो सही गलत प्रशस्त भन्न सकेकाले सबैले खरायोलाई साधु खरायोले आँपको भाउ खोजेर ल्याउनु भने । चेलोले बजार गएर दस रुपियाँ भन्यो । साधुले महङ्गाे रहेछ होस् भन्नुभयो । एकदुई  दिनपछि भाउ बिस रुपियाँ रहेछ चेलोले भन्यो । साधुले दोब्बर सस्तो छ ल्याऊ भन्नुभयो। साधुले दोब्बर सस्तो छ तर ल्याऊ भन्नुभयाे । चेलोले ल्यायो तर सस्तोलाई मङ्गो र मङ्गोलाई सस्तो भन्नुभएकोले धेरै सोच्यो । चिन्तामा ऊ दुब्लो  भयाे ।  साधुले धेरै सोधेपछि उसले सबै भन्यो । साधुले केही होइन भने । दश रुपियाँ भाउ हुँदा मसँग पाँच रुपियाँ थियो र बिस रुपियाँ हुँदा मसँग चालिस रुपियाँ  थियो । त्यही भएर सस्तो र महङ्गाे भनेको ।

असल मित्र 
कपुर र चन्दन दुवै मिल्ने साथी थिए । दुबै एकअर्कालाई भनेर काम गर्थे। दुबैजना पढाइ खेलकुद सबैमा राम्रा थिए र आफ्नो काम समयमा गर्थे । कपुर पढेर  डाक्टर र चन्दन इन्जिनियर बन्न चाहन्थ्यो । एक दिन चन्दन क्याम्पस गएन र यसरी त जीवन विकास हुनै सक्दैन  भनेर सोच्दै बस्यो। बाआमालाई सन्चो छैन त्यही भएर क्याम्पस गइनँ । भरे कपुर आएर सोध्यो तर चन्दन बोलेन । धेरै सोधेपछि उसले आफ्ना व्यथाहरू सुनायो । कपुरले कुरा बुझ्यो र उसले सम्झाउन खोज्यो । घर बसेर केही हुने छैन उल्टो सबैलाई पिर पर्छ । तिमीजस्तै मानिसहरूले मिहिनेत गर्‍याै भने मात्र देशकाे विकास हुन्छ। धेरै सम्झाएपछि उसले सत्य कुरा मनन गर्‍याे ।

परिश्रम नै तपस्या:
एकादेशमा जानुश्रुती नाम गरेका एक जना राजा थिए । उनले एउटा भोजनालयकाे निर्माण गर्न लगाएर सबैलाई निशुल्क खाना दिने आज्ञा दिए । जो आए पनि नखाइन जान नदिनू भनी आज्ञा दिए । एक दिन एक ऋषि आए । उनलाई धेरै दक्षिणा लिनू र भोजन गरेर जानू भने तर उनले मानेनन् । यो कुरा राजा कहाँ पुग्यो । राजा र भोजन घरको कर्मचारी आश्रम ऋषिलाई भेट्न पुगे । ऋषि बगैँचामा काम गर्दै थिए जुन राजालाई अनौठो लाग्यो । राजाले उनलाई बहुमूल्य दक्षिणा दिन खोजे तर उनले मबिना मिहिनेत केही लिदिनँ, यसले मलाई अल्छी बनाउँछ भने । राजा, यो कुरा सुनेर नयाँ व्यवस्था गर्नतिर लागे ।  नयाँ व्यवस्थामा जो मानिस अशक्त, बिरामी, वृद्धहरू छन्, तिनले मात्र अब निशूल्क भाेजन पाउने छन् ।

ठग समातियो:
विक्रम र विराज आफ्नो काम आफै गर्थे । जहिलै घर समयमा आउँथे । एक दिन विराज घर आउन समय लाग्यो । आमा चिन्तित हुनुभयाे । एकछिनपछि एउटा केटा आयो र विराटको दुर्घटना भयो भन्याे । अस्पतालमा  छ दश हजार छिटो चाहिन्छ  रे । मलाई दिनु म छिटो पुर्‍याइदिन्छु भन्यो । विक्रमले त्यस केटालाई कहिल्यै नदेखेकोले शङ्का लाग्यो बिक्रमलाई याद आयो कि दाइले रमेशकाेमा जान्छु र आउँन अबेला हुन्छ भनेको थियो । उसले आमालाई पर्खिनु भनेर रमेशलाई कल गरेर सबै कुर भन्यो । रमेशले घर जान हिडिसक्यो तर दुर्घटना भएकाे छैन जस्तै कुरा भयो । रमेश तुरुन्त विक्रमको घर गयो । विक्रमले प्रहरी काकालाई पनि सबै कुरा बताए र घर बोलाए । काका आए र केटालाई सोध्न थाले  अनि त्यतिकैमा विराज आयो र सबै कुरा प्रष्ट भयो । प्रहरीले त्यो केटालाई समाते । 
सडकको महत्त्व 
सगुनका आमाबाबाले मिहिनेत गरी एउटा घर बनाए। घरअगाडि बगैँचा पनि बनाए र  पर्खाल पनि लगाए । सरकारले त्यहाँ बाटो बन्ने ठाउँहरू खाली गर्ने आदेश दिए । उनीहरूको बगैँचा बिचमा आएका थिए र आफैँ हटाउने निधो गरे। दुई जनालाई खोजी गर्न लगाए । दुवै जनालाई काम सकिएपछि पैसा दिए तर एकजनालाई सय रुपियाँ धेरै दिनुभयाे । सगुनले त्यस बारेमा सोध्यो । उसले राम्ररी काम गरेकाले थप पैसा दिएकाे कुरा बुबाले प्रष्ट पारे । सगुनपछि अलि ठूलो भएपछि  काम गर्न थाल्यो र बाटोले गर्दा मोटर ल्याउन सक्यो । एकदिन उसलाई हृदयघात भयाे तर बाटोले गर्दा एकैछिनमा एम्बुलेन्स आयो र उसकाे ज्यान बच्यो । उसले बाटोको महत्त्व बुझ्यो ।