Logo

Student Corner

सिफल नाइट

Written by: Joyana Thapa - 31010, Grade III

Posted on: 14 January, 2022

२०७८ साल ८ महिना १० गते शुक्रबारका दिन हाम्रो विद्ययमा सिफल नाइट कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नृत्य संगीत नाटक योग आदि विधाहरू समावेश भएका थिए । मैले स्वस्तिवाचनमा भाग लिएको थिएँ । म र मेरा साथीहरूले स्वस्तिवाचनमा सामेल भएपछि हामीले नृत्य गर्न थाल्यौँ । नृत्य गर्न पाउँदा मलाई धेरै खुसी लागेको थियो । म र मेरा साथीहरूलाई त्यस दिन धेरै रमाइलो भयाे ।  मेराे भाइ र मामु पनि हाम्राे कार्यक्रम हेर्न आउनुभएकाे थियाे ।  हाम्रो नृत्य सकिएपछि हामीले गीत पनि गायौँ । अन्त्यमा हाम्रो कार्यक्रम सकिएपछि हामी सबैजना स्टेजमा पुग्यौँ । त्यहाँ हाम्रा ममीबाबा हामीलाई लिन आउनुभएको थियो र हामी आफ्नो घर गयाैँ । त्यस दिनकाे कार्यक्रम धेरै रमाइलो भयो ।