Logo

Student Corner

हाम्रो पालामा

Written by: Ishani Chhetri - 32010, Grade II

Posted on: 14 January, 2022

मङ्सिर १३ गते सोमबार हाम्रो स्कुलमा ‘हाम्रो पालामा’ भन्ने कार्यक्रम सम्पन्न भएको थियो । त्यस कार्यक्रममा हजुरबुबा आउनुभएको थियो । हजुरबुबाले हामीलाई उहाँका पालाका कुराहरू बताउनुभयो । उहाँका पालामा धेरै गाडीहरू रहेनछन् । मोबाइल पनि थिएनन् । जुत्ता पनि धेरै प्रकारका रहेनछ । जुत्ता मरेका जनावरका छालाबाट बनाइन्थ्यो । काठको जुत्ता पनि पाइन्थ्यो । एक पैसाले धेरै सामान किन्न पाइन्थ्यो । स्कुलहरू पनि प्रशस्त रहेनछन् । काठमाडाैँमा घरहरू पनि धेरै रहेनछन् । माेटरगाडीहरू पनि धेरै थिएनन् । हजुरबुबाकाे कुराहरू सुन्दा हामीलाई अनाैठाे लाग्याे ।