Logo

Student Corner

हामी

Written by: Bipana Shrestha - 24002, Grade X

Posted on: 12 January, 2022

हाम्रो समाज एउटा परिवार 
गरिन्छ, यहाँ सबैलाई सम्मान 
देखिन्छ यहाँ, गरिन्छ यहाँ,अनेकाैँ कुरा 
गरिन्छ, यहाँ दु:खले आफ्ना  चाहना पूरा 
आफ्नै छ,  भाषा आफ्नै छ , धर्म  
जुट्दछौँ हामी यहाँ गर्नलाई कर्म  ।

समयसँगै हिँड्न सक्ने हाम्रो बानी छ 
गरी अनेकौँ दु:ख जिउने बानी छ। 
मान र सम्मान गर्छौँ, हामी गर्दैनौँ असमान  
आजको खुसी बिर्सेर हामी गर्दैनौँ अपमान  

संसार आज तछाडमछाड अनेकौँ  प्रयास 
गर्दै छन्, आफैँ चिच्याह कलह सरमागरम 
गर्दै छन्, सबै धन र जन शक्तिकै चेलखेल 
आफूलाई ठुलो देखाउनालाई हो कि यो जालझेल।

खुलेर बाँच्ने जिउने अधिकार छ सबैलाई
सत्ता र शक्ति रहँदैन सधैँ नहेप कसैलाई 
मानिस मानिस सबै एकै हो भन्ने सम्झनु 
आफ्नो सम्झे सबै आफ्नो नसम्झे  के गर्नु ?