Logo

Student Corner

होन्डुरस: सन्सारको डरलाग्दो देश

Written by: Meemansha Acharya - 23027, Grade XI

Posted on: 12 January, 2022

होन्डुरस पूर्वी अमेरिकामा अवस्थित एक सुन्दर देश हो । होन्डुरसलाई सबैभन्दा डरलाग्दो र हत्या हुने देशमा गन्ने गरिन्छ । गरिबी, शोषण, भ्रष्टाचारबाट ग्रसित यो देशमा मानिसहरू भयभीत छन्, मृत्युलाई अँगालो मारेर बाँच्न बाध्य भएका छन् । एक महिला भएकै कारण मृत्यु हुनु, यो प्रकृतिको कस्तो विडम्बना होला । होन्डुरसमा महिलाहरू महिला भएकाले नै तिरस्कृत हुन्छन्, घरेलु हिंसामा पर्ने गर्दछन् र धेरैजना दिनमै मारिने गर्दछन् । यस्तो भयावह अवस्था छ यो देशका मानिसहरूको ।                                                      

होन्डुरसमा गिरोहकाे उपस्थिति एकदमै सामान्य छ । होन्डुरसमा प्राय ठाँउहरू गिरोहहरूले नै नियन्त्रणमा लिएका हुन्छन्, जहाँ  उनीहरू आफ्नो प्रभाव देखाउन त्यहाँका स्थानीयहरूलाई धम्क्याउँछन्, लुट्छन् र निर्दोषको हत्या पनि गर्दछन् । त्यति मात्र नभएर गिरोहहरू व्यवसाय गर्ने व्यक्तिहरूबाट "युद्ध कर" पनि लिने गर्दछन्, जुन नतिर्नु भनेको मृत्युसँग जाेरी खाेज्नु बराबर हो । कहिले बाटामा हिँड्दा के हुन्छ र कसले कसलाई प्रहार गर्छ भन्ने निश्चय नै हुँदैन । न त सरकारले त्यहाँको अवस्थालाई आएर सम्हाल्न सकेकाे छ, न त स्थानीयले डरले आवाज उठाउन सकेका छन् । यदि कसैले आवाज उठाउने प्रयास गर्छ भने उसको अस्तित्व खतरामा पर्छ । यहाँको गरिबीको फाइदा उठाएर गिरोहहरूले महिलाहरूलाई जबरजस्ती लागु पदार्थ बेचबिखन गर्न बाध्य बनाएका छन् । धेरै महिलाहरू देह व्यपार गर्न मजबुर भएका छन् । कामकाे खोजीमा बाहिर गएका हजारौं महिलाहरू अझै लापता छन् । उनीहरूलाई राम्रो खाना र जागिरको लोभमा तस्करहरूले फसाउने गर्दछन् र छिमेकी देश मेक्सिकोमा लगेर देह व्यपारका लागि बेच्ने गर्दछन् । होन्डुरस फेमिसाइड अर्थात् महिला हत्याका लागि पनि कुख्यात देश हाे । त्यहाँ सन् २०१३ मा प्रत्येक महिना ५३ जना महिलाहरू मारिएका थिए । त्यसमा ९०% मामिलाका हत्याहरूले सजाय पाएनन् । अहिले पनि महिला हत्या बढी नै भए पनि यहाँका आधाभन्दा बढी मामिलाको त अनुसन्धान नै गरिँदैन र धेरैले न्याय नै प्रप्त गर्दैनन् । होन्डुरसका नागरिकहरूले सजिलैसँग  बन्दुक वा राइफल किन्न र दिनदिनै बोकेर हिँड्न सक्ने भएकाले कहिले के हुन्छ भन्ने थाहा हुँदैन ।                                                                          

सन् २०२१ को आम चुनावमा जिओमारा क्यास्ट्रो होन्डुरसको पहिलो महिला राष्ट्रपति भएकी छन् । उनले होन्डुरसमा लैङ्गिक समनता ल्याउन, गरिबी, भ्रष्टाचार हटाउन र फेमिसाइड घटाउन सकिन् भने होन्डुरसमा अवश्य नै विकासको नयाँ उज्यालो आउने छ ।