Logo

Student Corner

म को हुँ ?

Written by: Binaya Rijal - 2022020, Grade XII

Posted on: 12 January, 2022

किन हो बिस्तारै आफैँलाई
भुल्दै गएको छु, 
थाहा छैन डुब्दो किनारा हुँ कि
उदाउँदो सुर्य हुँ,
बिनाअध्ययनको प्रमाणपत्र हुँ कि
प्रमाणपत्रबिनाको ज्ञान हुँ,
रचिसकेको कथा हुँ कि
रच्नै लागेको मात्र ।

तिमी अनायासै झर्किन्छौ,
मेरो आनीबानी देखेर
प्रश्न गर्छौ मेरा बारेमा मैसँग
खैर, भनूँ के म तिमीलाई
मलाई नै थाहा छैन
म को हुँ भनेर ?