Logo

Student Corner

सिफल नाइट

Written by: Ritvik Bhandari - 31039, Grade III

Posted on: 12 January, 2022

मङ्सिर १० गते शुक्रबारका दिन हाम्रो विद्यालयमा सिफल नाइट भन्ने कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नृत्य, कसरत, संगीत आदि विधाहरू समावेश थिए । मैले र मेरा साथीहरूले विभिन्न कर्यक्रममा भाग लिएका थियाैँ । कुनै साथीले कविता वाचन गरे भने कोही साथीहरूले नाटकमा भाग लिए । कसैले नृत्य देखाए भने कसैले योग गरेर देखाए । कसैले गीत गाएर मनाेरञ्जन गराए । सबै साथीहरूका अभिभावकलाई कार्यक्रम हेर्न आमन्त्रित गरिएको थियो । विशेष कार्यक्रम निकै रमाइलो भएको थियो । मलाई पनि त्यसदिन निकै रमाइलो लाग्यो ।