Logo

Student Corner

हाम्रो पालामा

Written by: Vani Sharma - 32021, Grade II

Posted on: 12 January, 2022

म सिफल स्कुलमा पढ्छु । हाम्रो स्कुलमा ‘हाम्रो पालामा’ भन्ने कार्यक्रम मासिक रूपमा भइरहन्छ । मङ्सिर महिनामा हाम्रो पालामा भन्ने कार्यक्रममा प्रेमनिधि हजुरबुबा आउनुभएको थियो । उहाँले हामीलाई पहिला पहिलाका कुराहरू बताउनुभयो । पहिला काठमाडौँ उपत्यकामा धेरै गाडीहरू रहेनछन् । जुत्ता पनि मरेका जनावरका छालाबाट बनाइने रहेछ । काठको जुत्ता पनि पाइने रहेछ । एक पैसाले धेरै खानेकुराहरू किन्न सकिने रहेछ । त्यतिबेला स्कुलहरू पनि निकै कम रहेछन् । यस्ता कुराहरू सुन्दा हामीलाइ निकै अचम्म लागेकाे थियाे । हजुरबुबाले हामीलाई धेरै पढ्नुपर्छ,  बिहान छिटो उठ्नुपर्छ, चोर्नु हुँदैन भन्ने कुराहरू सिकाउनुभयो ।