Logo

Student Corner

प्रकृति

Written by: Arij Panta - 23067, Grade XI

Posted on: 10 January, 2022

प्रकृति ! तिमीले बनाएकी हौ संसार रमाइलो
तिमीबिना छ यो संसार अधुरो
तिम्रो सुन्दरताले भरिएको छ यो संसार
तिम्रै चमकदार रूपले छौँ हामी दङ्ग ।

तिमीबिना कहाँ जाला यो मग्न वासना
यता हरियाली, उता हरियाली
समयजस्तै बग्ने खेला
तिमीबिना कहाँ जाला यो ?

तिमीलाई माया गरे पाउँछाैँ हामीले पनि सुख
तिमीलाई घात गरे गाउनुपर्छ दुःखको गीत ।