Logo

Student Corner

भाइ

Written by: Sohana Ale Magar - 25016, Grade IX

Posted on: 10 January, 2022

मलाई मेरो जीवनमा सबैभन्दा मनपर्ने शब्द भनेको भाइ हो । म यो धर्तीमा आएर जान्ने र बुझ्ने भएपछि मेरो एउटा भाइ होस् जसलाई मैले खेलाउन र ऊसँग खेल्न पाऊँ भन्ने ठुलो चाहना थियो । जब म मेरा साथीहरूलाई देख्थें उनीहरू आफ्ना भाइसँग खेलिरहेको देख्छु । भाइसँग मनको कुरा गरेको देख्छु; भाइलाई साथी बनाएको देख्छु; यो देखेर मलाई भित्र भित्र जलन हुन्छ वा इष्या हुन्छ के भनौँ ।
अरू बेला त जसोतसो मन बुझाउन थाल्छु जब भाइ टीका आउँछ तब म एक्लै रुन थाल्छु । साथीहरू आफ्ना दाहभाइलाई टीका र माला लगाइदिँदा म कता हुन्छु के के सोच्छु थाह हुँदैन। मेरो पनि भाइ भइदिएको भए ? मेरो मनमा यो प्रश्न बारम्बार आइरहन्छ । अनि मनले भन्छ; म पनि भाइलाई टीका लगाइदिइरहेकी हुन्थेँ । 
मेरा बाबा आमा काममा जानुभएको बेला पनि म भाइलाई सम्झिरहन्छु । म र भाइ खेल्थ्यौँ । संँगै विद्यालय जान्थ्यौँ र आउँथ्यौँ अनि खाजा खान्थ्यौँ। म यही कल्पनामा हराइरहेकी हुन्छु । यस्तो लाग्छ ‌‍‍‍‌भगवान्ले सबैलाई सबै चाहेको कुरा दिनु हुन्न होला, त्यसैले मलाई पनि दिनु भएन होला । म साथीको घरमा जाँदा साथीको भाइलाई देखेर एकछिन उसँगखेल्न मन लाग्छ । समय भएसम्म खेल्छु पनि । अनि फेरि मनमा उही कुरा खेल्न थाल्छ, मेरो नि भाइ भएको भए ………..।
म भाइको खोजीमा हुँदा मैले स्कुलमा एउटा भाइ भेटाएँ । पछि थाह भयो कि रगतको नाताको मात्र भाइ हुँदैन ।आत्माले भाइ भनेर स्वीकार गरेपछि टाढाको मान्छे पनि नजिकको भाइ बन्दो रहेछ । राखी बान्दैमा, भाइ टीका लागाउँदैमा दाजुभाइ दिदीबहिनीहरूको सम्बन्ध बलियो हुन्छ भन्ने पनि छैन । अहिले मैले जसलाई भाइ बनाएकी छु, उसले मलाई सुख दु:खमा साथ दिन्छ । एक अर्कालाई साथ दिन्छौँ । भाइ पनि मलाई दिदी बनाउन पाएकामा खुसी छ । रगतको सम्बन्ध नभए पनि हाम्रो सम्बन्ध रगतको नाताभन्दा  नजिकको छ । भगवान्ले मलाई भाइ नदिए पनि मैले आफैँ भाइ बनाएकी छु ।